मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साउथ फिल्म ‘ज्याक’को छायांकनका लागि नेपाल आइपुगे प्रकाश राज

फिल्मीखबर, काठमाडौं, 2024/09/21

prakash raj

अभिनेता प्रकाश राजको साथमा निर्माण व्यवस्थापक पुष्कर लामा

 

यस वर्ष भारतीय सेलिब्रेटीहरूको नेपाल आगमन बढेको देखिन्छ । कोही भ्रमणको शिलशिलामा त कोही छायांकनका लागि नेपाल आइरहेका छन् । बैशाखयता नेपाल आउनेमा साउथबाट ज्योतिका सरवनन, प्रदीप रावत, सुनिल वर्मा, कबीर दुहान सिंह, आशिष विद्यार्थी, बलिउडबाट अभिनेता नवाजुद्दीन सिद्दीकी, निर्देशक एवं अभिनेता अनुराग कश्यप, अभिनेत्री तारा सुतरिया लगायत छन् ।

यसैबीच, भारतीय अभिनेता प्रकाश राज आफ्नो नयाँ साउथ फिल्म ‘ज्याक’को छायांकनका लागि नेपाल आइपुगेका छन् । शनिबार अपरान्ह उनी भिस्तारा एयरबाट त्रिभुवन विमानस्थलमा ओर्लिए । प्रकाशलाई फिल्मको नेपाल व्यवस्थापक सुरज आचार्य र निर्माण व्यवस्थापक तथा चलचित्र प्राविधिक संघका अध्यक्ष अध्यक्ष पुष्कर लामा (प्रेम)ले खादा लगाएर विमानस्थलमा स्वागत गरेका थिए ।

५ दिनदेखि फिल्मको भक्तपुर दरवार स्क्वायर लगायतका क्षेत्रमा छायांकन भैरहेको छ । प्रकाश आइतबार छायांकनमा जोडिनेछन् । उनी १० दिन नेपालमा रहने जनाइएको छ । बोम्मारिलु भास्करको निर्देशनमा बनिरहेको फिल्ममा केही नेपाली कलाकारहरूले पनि अभिनय गरेका छन् । अभिनेता सिद्धू जोन्नालगड्डाको मुख्य भूमिका रहेको फिल्ममा वैष्णवी चैतन्य अभिनेत्रीको रुपमा छिन् ।

आफ्ना अभिव्यक्तिका कारण अक्सर चर्चा र विवादमा आउने गरेका प्रकाशले हिन्दी, तमिल, तेलुगू, मलायलम, मराठी, कन्नड गरी २ सय हाराहारी फिल्ममा काम गरिसकेका छन् । ‘सिंघम’, ‘वान्डेट’, ‘अपरिचित’, ‘इरुवर’, ‘अन्तःपुरम्’, ‘कांचीवरम’ जस्ता फिल्ममा उनले निभाएको भूमिका यादगार मानिन्छ । प्रकाश अभिनीत नयाँ फिल्म ‘देवरा’ यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ ।