मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आँखा’ ट्रेलरमा सुकुम्बासीको दुःख र संघर्ष

फिल्मीखबर, काठमाडौं, 2024/09/22

Smita Lamichane, RK Mehta, Nisha Adhikari

 

यही असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शनका लागि ५ दिन बाँकी रहँदा सार्वजनिक गरिएको साढे २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ । सुकुम्बासी बस्तीमा बस्दै आएको एक दम्पतीले जीवन चलाउन गरेको संघर्ष र दुःखलाई प्रस्तुत गरिएको ट्रेलरले फिल्मको दृश्यभाषा प्रभावशाली रहेको संकेत गर्छ ।

ट्रेलरमा दुई मुख्य कलाकार स्मिता लामिछाने र आरके मेहता केन्द्रमा छन् । उनीहरु दम्पतीको भूमिकामा छन् । ट्रेलरमा स्मिताको अभिनय मर्मस्पर्शी छ । ट्रेलर रिलिजपछि फेसबुकमा केही फिल्मकर्मीहरूले फिल्म हेर्न अधैर्य भएको उल्लेख गरेका छन् । ‘राधा’ फेम्ड निर्देशक सुवर्ण थापाले ‘आँखा’लाई ओस्कार अवार्ड जितेको फिल्म ‘प्यारासाइट’ बन्न सकोस् भनेर शुभकामना दिएका छन् ।

जौन योन्जनको लेखन तथा निर्देशनमा बनेको फिल्ममा स्मिता र आरकेसहित निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई पनि मुख्य भूमिकामा छन् । अलोक शुक्लाको छायांकन रहेको फिल्मको निर्माता निर्देशक योन्जन आफैं हुन् ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा नारायणप्रसाद बराल कार्यकारी निर्माता, रेनुका कार्की ढोली सह-निर्माता तथा राम बस्नेत लाइन प्रोड्यूसरमा छन् । कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको फिल्मको गीतमा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।