मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केटी हराएको सूचना’को ‘हेर्दै जाउँ’ गीतमा नाजिर र सृष्टिको प्रेम

फिल्मीखबर, काठमाडौं, 2024/09/22

SHRISTI SHRESTHA And NAJIR HUSEN

 

करिब ३२ वर्षअघि डकु-ड्रामा ‘उजेली’ निर्देशन गरेका दीपेन्द्र गौचनको पहिलो निर्देशकीय फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मको दुई हप्ता अगाडि टिजर सार्वजनिक गरिएको थियो । आइतबार ‘हेर्दै जाउँ’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ ।

यो गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको गायन छ भने शब्द रचना तथा संगीत निर्देशक गौचन स्वयंको हो । गीतमा नाजिर र सृष्टि मात्र देखिएका छन् । उनीहरुको प्रेमभाव बोल्ने गीतमा नेपालको तराई भेगका दृश्यहरु समावेश छन् । राजीव कर्ण गीतका कोरियोग्राफर हुन् । यसअघि सार्वजनिक टिजरमा नाजिरले सृष्टिलाई ह्विलचियरमा हात-खुट्टा बाँधेर बन्धक बनाएको देख्न सकिन्छ ।

निर्देशक गौचनको लेखन रहेको फिल्ममा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, सुदीप पटेल, अर्जुन पोखरेल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ । नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक गौचन स्वयं निर्मातामा छन् । फिल्ममा अमर महर्जनको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा शंकर महर्जनको द्वन्द्व निर्देशन छ ।