मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्टर’ पोस्टर : आना र दिव्यासँग प्रदीपको प्रेमभाव

फिल्मीखबर, काठमाडौं, 2024/09/22

pradeep khadka

 

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर’मा अभिनेता प्रदीप खड्काको जोडी अभिनेत्री द्वय आना शर्मा र दिव्या रायमाझीसँग बाँधिएको छ । उनीहरूका एकल पोस्टरहरू गत महिना श्रृंखलाबद्ध रुपमा सार्वजनिक गरिएको थियो । आइतबार थप तीनटा पोस्टर सार्वजनिक गरिएको छ, जसमा आना र दिव्याप्रति प्रदीपको प्रेमभाव दर्शाउन खोजिएको छ ।

सार्वजनिक तीन पोस्टरमध्ये एउटामा आना र दिव्याले प्रदीपको कान निमोठेका छन् । र, प्रदीप दुखेको भावमा चित्रित छन् । अन्य दुई पोस्टरमा भने आना र दिव्यासँग प्रदीपलाई प्रेमभावमा प्रस्तुत गरिएको छ । यी पोस्टरहरूले त्रिकोणात्मक प्रेमकथामा आधारित भएर फिल्म बनेको प्रष्ट्याउँछ । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन् ।

राजन भुसालले निर्देशन रहेको फिल्ममा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौला लगायतको पनि अभिनय छ । यही फिल्मबाट राजबल्लभले करिब १० वर्षपछि कमब्याक गरेका हुन् । अदृत फिल्मस् तथा मोती फिल्मस्‌को संयुक्त प्रस्तुतिमा बनेको फिल्मको निर्माता थमन कुमार भण्डारी हुन् । त्यस्तै, अनिश भुसाल सह-निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरमा छन् ।

आकाश बराल र निर्देशक भुसालको लेखनमा तयार भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीको संगीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व निर्देशन तथा राजेन्द्र मोक्तानको रंग संयोजन छ । बलियो ‘स्टारकास्ट’ भएकाले फिल्मले तिहारमा राम्रो व्यापार गर्न सक्ने आँकलन गरिएको छ ।