मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘स्त्री २’ बन्यो ६ सय करोड कमाउने पहिलो हिन्दी फिल्म

एजेन्सी, काठमाडौं, 2024/09/23

'स्त्री 2' में राजकुमार राव, श्रद्धा कपूर

 

राजकुमार राव र श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री २’ भारतीय बक्स अफिसमा नपत्याउने खोला बनेर निस्किएको छ । प्रदर्शनपूर्व बढीमा २ सय करोडसम्म कमाउन सक्ने आँकलन गरिएको फिल्मले व्यापारमा इतिहास रचेको छ । ‘जवान’देखि ‘पठान’सम्मलाई फिल्मले कमाईमा उछिनेको मात्र छैन, सर्वाधिक कमाउने पहिलो बलिउड फिल्मको कीर्तिमानी समेत बनाउन सफल भएको छ ।

प्रदर्शनको पहिलो हप्तामै ३ सय ७ करोडको आँकडा नघाएको फिल्मले छैटौँ हप्ताको विकेन्डसम्ममा ६ सय करोडमाथि कमाएको छ । आइतबार ५ करोड ३२ लाख कमाएसँगै फिल्मको कूल व्यापार ६ सय ४ करोड २२ लाख पुगेको भारतीय ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । छैटौँ हप्तामा समेत ‘स्त्री २’ले प्रत्येक दिन ३ देखि ५ करोडसम्मको व्यापार गर्नु आफैंमा अश्चर्यजनक हो ।

यसअघि सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’को नाममा थियो । यसले हिन्दी भाषामा भारतमा मात्र ५ सय ८२ करोडको कमाई गरेको थियो । अब यो रेकर्ड ‘स्त्री २’ले तोडिदिएको छ । यसअघि ५ सय करोड कमाउनेमा अधिकांश एक्सन फिल्म थिए । पहिलो पटक हरर-कमेडी जनराको ‘स्त्री २’ले ६ सय करोडको आँकडा कटाएको हो ।

भारतमा सर्वाधिक कमाउने बलिउड फिल्महरूमा ‘गदर २’ (५२६ करोड), ‘पठान’ (५२४ करोड), ‘एनिमल’ (५०३ करोड), ‘दंगल’ (३७४ करोड), ‘सञ्जु’ (३४२ करोड), ‘पिके’ (३४० करोड), ‘टाइगर जिन्हा हे’ (३३९ करोड) र ‘बजरंगी भाइजान’ (३२० करोड) छ । अब ‘स्त्री २’को रेकर्ड कुन फिल्मले तोड्छ, त्यो पखाईको विषय हो । यो बलिउडका तीन खानबाट मात्र सम्भव रहेको बताइन्छ ।