मिति : २०८१ आश्विन ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिएनए’को घोषणा टिजरमा सुधनको एक्सन

फिल्मीखबर, काठमाडौं, 2024/09/23

Sudhan Pokharel

 

पौराणिक एक्सन-थ्रिलर कथामा निर्माण हुन लागेको फिल्म ‘डिएनए’को घोषणा टिजर सार्वजनिक गरिएको छ । सोमबार युट्युबमा सार्वजनिक ३ मिनेट २२ सेकेन्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । एक पौराणिक वस्तुमाथि फिल्म केन्द्रित रहने टिजरले प्रस्ट्याउँछ । यही फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका सुधन पोखरेल एक्सन अवतारमा देखिएका छन् ।

बाकस लिएर दौडिरहेका एक पात्रलाई केही व्यक्तिहरुले कुटपिट गरेपछि बाइकमा सुधनको ‘इन्ट्री’ हुन्छ । ती व्यक्तिलाई बचाउन उनी एक्सनमा उत्रिन्छन् । उनको लुक्स हेर्दा प्रहरीको भूमिकामा हुनसक्ने अड्कल काट्न सकिन्छ । टिजरको अन्तिममा भने उनी बाकसबाट निस्किरहेको अनौठो प्रकाश हेर्दै अचम्मित भावमा देखिएका छन् । उनी यसैको खोजीमा रहेको अनुमान गर्न सकिन्छ ।

फिल्ममा चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त लेखन एवं निर्देशन रहनेछ । पौराणिक कथा र एक्सन-थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने निर्देशक त्रिपाठीको विश्वास छ । फिल्मको छायांकन भने आगामी फागुनपछि सुरु गरिने उनले जानकारी दिए । फोनिक फ्लिकको प्रस्तुति रहेको फिल्ममा बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमाले सहकार्य गरेका छन् ।

यसमा राजु तामाङको द्वन्द्व निर्देशन रहनेछ । सुशान्त केसी र प्रशान्त योगीले छायाङ्कन गर्नेछन् भने सहायक छायाँकारमा यज्ञलाल ज्ञवाली छन् । मानस्वी मालाकारको संगीत तथा गणेश क्षेत्रीको सम्पादन रहने ‘डिएनए’मा कुमार भास्कर निर्माता, आशिष पुडासैनी एसोसियट निर्माता र विकास भण्डारी कार्यकारी निर्मातामा छन् । यो फिल्मको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली हुन् ।