मिति : २०८१ आश्विन ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छठमा आउँदै कमेडी फिल्म ‘फिरफिरे फिरिरी’

फिल्मीखबर, काठमाडौं, 2024/09/23

FIRFIRE FIRIRI 1ST POSTER

 

‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्मका निर्माता मनोज कुमार अधिकारीले १५ वर्षपछि निर्माणमा कमब्याक गरेको फिल्म ‘फिरफिरे फिरिरी’ आगामी कात्तिक २२ गते (छठ पर्व)बाट प्रदर्शनमा आउने भएको छ । सोमबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा एक युवतीले हाँकेको स्कुटरलाई तीन युवकले पछाडिबाट तानिरहेको देखिन्छ ।  

नविन भट्टको निर्देशनमा बनेको यो फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने मनोज कुमार अधिकारी, रविना केसी, शंकर सेढाई, पिटर प्रिन्स, पुष्प अवस्थी, सूर्यमान लिम्बू लगायतको पनि अभिनय छ । निर्देशक भट्टले सन्दीप श्रेष्ठसँग मिलेर फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्म हरर-कमेडी जनरामा बनेको हो ।

फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन तथा अनन्त घिमिरेको सम्पादन र रंग संयोजन छ । निर्माता अधिकारीले अब नियमित रुपमा फिल्म बनाउने बताएका छन् । ‘फिरफिरे फिरिरी’ उत्कृष्ट बनेको उनको दाबी छ ।