मिति : २०८१ आश्विन ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५ वर्षपछि ‘लाज शरणम्’बाट सितारामको कमब्याक

फिल्मीखबर, काठमाडौं, 2024/09/24

sitaram kattel

 

२०७२ सालमा गएको भूकम्पपछि अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ सामाजिक कार्यमा सक्रिय भए । त्यसपछि उनको कलाकारिता यात्रा सुस्तायो । चितवनमा रंगशाला निर्माणको क्रममा भने उनले ‘सेन्टी भाइरस’बाट फिल्ममा कमब्याक गरेका थिए । यसमा उनी स्वयंको निर्माण थियो । तर, फिल्म नराम्रोसित डुब्यो । यसपछि उनले न फिल्म बनाउने आँट गरे न त कुनै फिल्ममा अभिनय गरे ।

क्रिकेट रंगशाला अलपत्र परेपछि विभिन्न आरोप खेप्दै आएका उनले गत वर्षदेखि स्टेज कार्यक्रममा भने उपस्थिति जनाउन थालेका छन् । केही महिनामा नै देश-विदेशका थुप्रै कार्यक्रममा प्रस्तुति दिइसकेका उनी ५ वर्षपछि फिल्ममा पनि फर्किएका छन् । कुमार कट्टेल (जिग्री ब्रो)को निर्देशनमा दुई सातादेखि डोल्पामा छायांकनरत फिल्म ‘लाज शरणम्’बाट सितारामले कमब्याक गरेका हुन् ।

फिल्ममा उनको प्रवेशलाई निर्माण टिमले भने गोप्य राखेको छ । उनलाई एकैपटक फर्स्टलुक पोस्टरमार्फत् सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । तर, फिल्मीखबरलाई फिल्मको सेटमा एक तस्वीर प्राप्त भएको छ, जहाँ सितारामलाई देख्न सकिन्छ । एक सातादेखि डोल्पामा उनको भागको छायांकन भइरहेको जनाइएको छ । बुझिए अनुसार फिल्मको कथा नै उनीमा केन्द्रित छ ।

 

sitaram kattel

फिल्मको सेटमा अभिनेता सिताराम कट्टेल (धुर्मुस)


फिल्ममा सितारामसहित अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणी नेपाल, हरिश निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायत पनि अभिनय छ । आगामी फागुन १४ गते (शिवरात्री)लाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले सामाजिक कथालाई हाँस्य शैलीमा प्रस्तुत गर्ने जनाएको छ । यो फिल्म ‘सक्किगोनि’ समूहको हो ।