मिति : २०८१ आश्विन ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तेल भिसा’ले विदेश जाने आमाबुबाको अपमान गरेको छैन : विपिन कार्की

फिल्मीखबर, काठमाडौं, 2024/09/24

विदेशमा आफ्नो बच्चा हुने भएपछि नेपालबाट आमा-बुबालाई बोलाउने प्रचलनजस्तै भइसकेको छ । यसलाई नेपाली समाजमा भने व्यंग्यात्मक रुपमा तेल भिसा भन्ने गरिन्छ । यही नाममा बनेको फिल्म ‘तेल भिसा’ आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुँदैछ । शंकर घिमिरेको लेखन र निर्देशनमा तयार भएको फिल्ममा अभिनेता विपिन कार्कीले बाबु-छोरा गरी दोहोरो भूमिका निर्वाह गरेका छन् ।

आइतबार फिल्मको ‘स्वरांकन’का लागि अनामनगरको एक स्टुडियोमा निर्देशक घिमिरेसँग भेटिएका विपिनलाई पत्रकारले भोलिका दिनमा फिल्मको विषय र नामलाई लिएर विवाद त हुँदैन ? भनेर सोधेको प्रश्नमा उनले यो नाम राख्ने विषयमा निर्देशकसँग आफ्नो धेरै छलफल भएको स्मरण गरे । फिल्मले हेपेर बच्चालाई तेल लगाउन आमा-बुबा विदेश गएको भन्न नखोजेको उनी स्पष्ट पार्छन् ।

 

bipin karki

 
‘हामीले बच्चालाई तेल लगाउन आमा-बुबा विदेश गएको भन्न खोजेका छैनौं । फिल्म हेरिसकेपछि अझ यो कुरा स्पष्ट हुनेछ,’ विपिन भन्छन्, ‘यो नामले विदेश जाने आमा-बुबालाई अपमान गर्न खोजियो भन्ने लाग्छ भने फिल्म हेरेपछि हामीलाई सही नाम राख्नुभएछ भनेर धन्यवाद भन्नुहुन्छ जस्तो मलाई लाग्छ ।’ आफूहरुले सही नियत राखेर ‘तेल भिसा’ नाममा फिल्म बनाएको उनको दाबी छ ।  

त्यस्तै, निर्देशक घिमिरेले फिल्मको कथा प्रस्ट्याउनकै लागि पहिलो गीत ‘हरि नाम झैँ’ सार्वजनिक गरेको बताए । ‘त्यो गीतबाट पनि धेरै कुरा स्पष्ट हुन्छ । फिल्ममा ‘नेगेटिभिटी’ भन्ने नै छैन,’ उनी भन्छन्, ‘नेपाली समाजमा व्यंग्यात्मक रुपमा प्रयोग हुने शब्द हो तेल भिसा । फिल्ममा सबै कुरा ‘पोजेभिट’ छ । कुनै पात्र पनि ‘नेगेटिभ’ छैन ।’ विपिनले पनि फिल्ममा कुनै पात्र भिलेन नरहेको बताए ।

केही दिनदेखि फिल्मको नेपालमा छायांकन भएको भागको मात्र स्वरांकन भइरहेको छ । अमेरिका छायांकनमा भने सिंक साउण्ड (लोकेसन साउन्ड) प्रयोग गरिएको थियो । फिल्ममा विपिनसहित पूजा चन्द, वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती आदिको पनि अभिनय छ । बुबाको भूमिकामा विपिनको श्रीमती पूजा र तन्नेरी अर्थात् छोराको भूमिकामा वर्षा श्रीमती बनेकी छन् ।