मिति : २०८१ आश्विन ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ज्वाइँ साब’को क्लाइमेक्स दृश्य टिकटकमा भाइरल

फिल्मीखबर, काठमाडौं, 2024/09/25

‘स्मार्ट फोन’ र ‘सोसल साइट्स’को बढ्दो प्रयोगले कुनै पनि कुरा गोप्य रहन असम्भवझैं भइरहेको छ । यसबाट नेपाली फिल्म पनि प्रताडित छ । छायांकन भइरहँदाको दृश्य टिकटक जस्ता प्लेटफर्ममा आइदिन्छन् । फिल्म रिलिजपछि हलभित्रै खिचेर सामाजिक सञ्जालमा हाल्ने प्रवृत्ति पनि उस्तै छ । जसले गर्दा करोडौं खर्चेर फिल्म बनाएका निर्माताहरू ठूलो आर्थिक क्षति बेहोर्न बाध्य छन् ।

यतिबेला फिल्म ‘ज्वाइँ साब’को एक दृश्य पनि टिकटकमा छ्यापछ्याप्ती बनेको छ । काठमाडौंको त्रिभुवन विमानस्थलमा अभिनेता जितु नेपाल बरखी बारेको सेतो लुगामा निलो रंगको झोला भिरेर हातमा पासपोर्ट र बच्चा काखी च्यापेको अवस्थामा देखिएका छन् । उनको पछाडि अभिनेत्री नीति शाह नेपालको झन्डा बोकेर भावुक मुद्रामा जितुलाई हेरिरहेकी छन् । यो दृश्य मर्मस्पर्शी देखिन्छ ।

 

jitu nepal


टिकटकमा फिल्मको भाइरल दृश्यले तीनवटा कुरा प्रष्ट पार्छ । पहिलो, जितुले लगाएको सेतो लुगाले बुबा वा बुहारीजसरी नीतिको घरमा भित्रिएकाले (कसम बत्तीको गीतमा देखिएअनुसार) ससुराको निधन भएपछि बरखी बारेको अर्थ्याउँछ । दोस्रो, जितु आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । तेस्रो, यो फिल्मको अन्तिम दृश्य (क्लाइमेक्स) रहेको प्रष्ट बुझिन्छ ।

फिल्मको महत्त्वपूर्ण दृश्य नै टिकटकमा आइदिएपछि निर्माण टिम तनावमा देखिएको छ । निर्देशक बसन्त निरौला भन्छन्, ‘हामीले मोबाइलबाट कसैले नखिचुन् भनेर सर्तकता अपनाएका थियौं । किनकि, यो दृश्य फिल्ममा महत्त्वपूर्ण छ । तर, विमानस्थलमा भीड एकदमै ठूलो भएकाले कसले खिच्यो थाहै पाइएन ।’ यद्यपि, टिकटकमा भाइरल बनेको दृश्य फिल्मबाट भने नहटाइने भएको छ ।

दशैं विदालाई लक्षित गरेर आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘ज्वाइँ साब’को टिजर र ‘कसम बत्तीको’ गीतपछि चर्चा चुलिएको छ । यो फिल्ममा जितु र नीतिका साथै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य, निमा पाण्डे, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको पनि अभिनय छ ।