मिति : २०८१ आश्विन ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिनेमाघर एप’मा आयो ‘प्रेमगीत ३’

फिल्मीखबर, काठमाडौं, 2024/09/25

Cinemaghar Prem Geet 3

 

नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा दशैंको अवसर पारेर ब्लकबस्टर फिल्म ‘प्रेमगीत ३’ रिलिज गरिएको छ । दुई सय रुपैयाँ शुल्क राखिएको फिल्मलाई सिनेक्वाइन प्रयोग गरी निःशुल्क पनि हेर्न पाइने व्यवस्था छ । २०७९ सालमा नेपाली र हिन्दी भाषामा यो फिल्म रिलिज गरिएको थियो । र, दुईटै भाषाले नेपालमा राम्रो कमाई गरे । भारतमा पनि फिल्म प्रदर्शन भएको थियो ।

‘प्रेमगीत ३’ रिलिजसँगै सिनेमाघरले नयाँ अपडेट पनि ल्याएको छ, जसअनुसार यसअघि एन्ड्रोइड र आइओएस मोबाइल तथा स्मार्ट टिभी प्लेटफर्महरुबाट मात्र हेर्न सकिने सुविधा रहेकोमा अब ल्यापटप र डेस्कटपमा वेब ब्राउजरमार्फत पनि फिल्म हेर्न सकिनेछ । साथै, अब फोनपे क्युआर कोडमार्फत नेपाल तथा भारतबाट सजिलै रकम भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध गराइएको छ ।

‘सिनेमाघर एप’मा रिलिज भएको ‘प्रेमगीत ३’मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, अनुभव रेग्मी, मनिष राउत, माओत्से गुरुङ, सम्वृद्धि शाही ठकुरी, लक्ष्मी वर्देवा लगायतको अभिनय छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशनमा तयार भएको यो फिल्मले खजाग राज्यका कान्छा राजकुमार प्रेम (प्रदीप) र उनकी प्रेमिका गीत (क्रिस्टिना)को प्रेमकथा देखाउँछ ।