मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘जेरी अन टप’मा सुरक्षाको प्रवेश, बलियो बन्यो कलाकारको ‘लाइनअप’

फिल्मीखबर, काठमाडौं, 2024/09/26

jerry on top

 

निर्माणको तयारीमा रहेको फिल्म ‘जेरी अन टप’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । अभिनेता अनमोल केसी, अभिनेत्री द्वय आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा अनुबन्धित भइसकेको फिल्ममा अब अर्की अभिनेत्री सुरक्षा पन्तको पनि प्रवेश भएको छ । बुधबार निर्माण कम्पनी ‘अनन्या फिल्मस्’को तर्फबाट निर्माता सरोज न्यौपाने र अभिनेत्री पन्तबीच सम्झौता भएको हो ।

निर्माता न्यौपानेले फिल्ममा अन्य केही कलाकार पनि जोडिएको र त्यो ‘सरप्राइज’ छायांकनमा जाँदासम्म खुल्दै जाने बताए । उनले नेपाली फिल्ममा अहिलेसम्म नदेखिएको कथामा फिल्म बन्न लागेको पनि दाबी गरे । ‘प्रयोग गर्न म फिल्म निर्माणमा आएको होइन,’ उनले भने, ‘दर्शकको रुचि र रोजाई अनुसारकै फिल्म बन्छ ।’ उनले यसअघि ‘ग्याङस्टर ब्लुज’ र ‘सम्बोधन’ निर्माण गरेका थिए ।  

फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्नेछन् । उनले आफ्ना अघिल्ला दुईवटा फिल्म ‘सानो मन’ र ‘फर्की फर्की’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका थिए । ‘फर्की फर्की’पछि अनमोलसँग उनको दोस्रो सहकार्य हो । यसअघि हेमराज विसीले ‘जेरी अन टप’लाई निर्देशन गर्ने निश्चित थियो । तर, उनी अमेरिका गएपछि सुयोगले निर्देशनको जिम्मेवारी पाए । फिल्मको कथा हेमराज स्वयंको हो ।

फिल्मको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन् भने एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन् । फिल्मको स्क्रिप्ट लेखनमा चर्चित ‘कन्टेन्ट क्रिएटर’ साइग्रेस पोखरेल पनि जोडिएका छन् । फिल्मलाई काठमाडौँ र लुक्लासहित बलिउडको सुपरहिट फिल्म ‘थ्री इडियट्स’को छायांकन स्थल लद्दाख क्षेत्रमा खिचिने जानकारी प्राप्त छ ।