मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाजिरको ‘गुन्यो चोलो’को रिलिज स्थगित

फिल्मीखबर, काठमाडौं, 2024/09/26

najir husen

 

अभिनेता नाजिर हुसेनले पहिलोपटक पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा अभिनय गरेको फिल्म ‘गुन्यो चोलो’को रिलिज स्थगित भएको छ । आगामी कात्तिक ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा केही विषय कारणले तत्काललाई रिलिज स्थगित गर्नुपरेको निर्देशक समुन्द्र भट्टले जनाएकी छन् । चाँडै एउटा ठूलो खबरसहित नयाँ प्रदर्शन मिति घोषणा गरिने उनको भनाई छ ।

नाजिरको ‘ट्रान्सवुमन लुक्स’ सार्वजनिक भएदेखि नै फिल्मको चर्चा चुलिएको थियो । उनले फिल्मको चरित्रका लागि १५ केजी तौल घटाएका थिए । यसमा नाजिरसहित सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं आदिको अभिनय छ । निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन रहेको फिल्मको पोस्ट प्रोडक्सनको काम विदेशमा गरिएको छ ।

 


यो फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्मातामा छन् । यसमा हलिउडकी लिजा जेरार्डले स्वर दिएकी छिन् भने ‘ब्याकग्राउन्ड म्यूजिक’को काम हलिउड फिल्मका ‘ट्रयाक’ उत्पादक मार्सेलो दि फ्रान्सिसीले गरेका छन् । फिल्मका छायाँकार भने अलोक शुक्ला हुन् । नाजिर ‘गुन्यो चोलो’लाई लिएर निकै आशावादी देखिन्छन् ।