मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमालले सुरु गरे ‘नरसिंहा अवतार’को छायांकन, महाशिवरात्रिलाई रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2024/09/26

rajesh hamal

 

सुपरस्टार राजेश हमाल ७ वर्षपछि फिल्मको छायांकनमा फर्किएका छन् । उनको मुख्य भूमिका रहने फिल्म ‘नरसिंहा अवतार’को बालाजुस्थित एनएफडिसी स्टुडियो (नेपाल चलचित्र विकास कम्पनी)मा बिहीबार बिहान मुहूर्त गरेसँगै छायांकन सुरु गरिएको हो । फिल्मका लागि पहिलो सट अभिनेता हमाल र अर्जुन श्रेष्ठले दिए । शुक्रबारबाट हमालको एक्सन सिन खिचिने जानकारी प्राप्त छ ।

पहिलो चरण अन्तर्गत करिब १६ दिन एनएफडिसीमै फिल्मको छायांकन हुनेछ । दोस्रो चरणको छायांकन दशैंपछि गरिने निर्देशक दीवाकर भट्टराईले जानकारी दिए । फिल्मको मुहूर्तमा हमालसहित राज कटुवाल, नीति शाह, सनिशा भट्टराईलगायतको उपस्थिति थियो । छायांकन सुरु गरिएसँगै आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिलाई फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

निर्देशक भट्टराई ‘नरसिंहा अवतार’ आफ्नो लागि चुनौतीपूर्ण रहेको बताउँछन् । ‘यो फिल्म मेरो लागि चुनौतीपूर्ण छ । धेरै स्क्रिप्टहरु अस्वीकार गरेर राजेश दाईले यो स्क्रिप्टमा काम गर्न तयार हुनु नै मेरो लागि चुनौती हो,’ उनी भन्छन्, ‘मैले राजेश दाईकै लागि भनेर स्क्रिप्ट लेखेको थिएँ । उहाँलाई ‘कन्भेन्स’ गराउन मलाई तीन महिना लाग्यो ।’ यो फिल्मबाट नयाँ ‘ट्रेन्ड’ सुरु हुने उनको विश्वास छ ।

 

rajesh hamal


‘नरसिंहा अवतार’मा नीर शाह, उषा खड्गी, सरोज खनाल, प्रशान्त ताम्राकार, प्रकाश कुँवर, दीपा शाही, एलभिना खड्का, टार्जन लगायतको पनि अभिनय रहनेछ । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहेको फिल्मको निर्मातामा नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपाने छन् । ‘ह्रस्व दीर्घ’ निर्देशक चन्द्र पन्तको द्वन्द्व निर्देशन रहने फिल्ममा हमाल दुई फरक लुक्समा प्रस्तुत हुने जनाइएको छ ।