मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचाको ‘सारंग’ मंसिर ७ मा आउने

फिल्मीखबर, काठमाडौं, 2024/09/26

Sarang first look

 

आगामी मंसिर ७ गते फिल्म रिलिजको चाप देखिने भएको छ । यो मितिमा ‘तेल भिसा’, ‘अग्निदहन’ र ‘देव वाणी’ प्रदर्शनमा आउने निश्चित भैसकेको अवस्थामा अब अर्को फिल्म पनि थपिएको छ । अभिनेत्री ऋचा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘सारंग’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको हो । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

पोस्टरमा ऋचा विवाहित महिलाको रुपमा देखिएकी छन् । गलामा रातो पोते लगाएकी उनी अभिनेता उत्पल झाको पाखुरा समातेर खुसी भावमा देखिएकी छन् । पोस्टरमा बालकलाकार सम्राट थापा र आदित्य कार्की पनि प्रस्तुत छन् । फिल्मको कथा आमाबुबा र सन्तानमा केन्द्रित रहेको पोस्टरले संकेत गर्छ । बाल मनोविज्ञान र धनी-गरिबको खाडलको विषयमा फिल्म बनेको जनाइएको छ ।

नृत्य निर्देशक प्रशान्त तामाङ फिल्मका निर्देशक हुन् । उनको यो पहिलो निर्देशकीय फिचर फिल्म हो । उनकै स्क्रिप्ट लेखन रहेको फिल्ममा समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, विश्व स्याङ्वो लगायतको पनि अभिनय छ । ‘सारंग’मा गोपाल रायको डिओपी र मित्र ध्वज गुरुङको सम्पादन छ भने गीतमा शंकर थापा ‘स्माइल’को संगीत छ ।