मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिस प्रतिस्पर्धामा उत्रिए ‘सानो संसार’ र ‘आँखा’

फिल्मीखबर, काठमाडौं, 2024/09/27

sano sansar and aakha

 

बिना ठूलो ‘स्टारकास्ट’ र सानो बजेटमा निर्माण भएका दुई फिल्म ‘सानो संसार’ र ‘आँखा’ बक्स अफिस प्रतिस्पर्धामा उत्रिएका छन् । दशैंलाई लक्षित गरेर यी दुई फिल्म शुक्रबारबाट व्यावसायिक प्रदर्शनमा आएका हुन् । दुवै फिल्मले मल्टीप्लेक्सहरुमा औसत शो पाएका छन् । एड्भान्स बुकिङ पनि कमजोर देखिन्छ । यो अवस्थामा यी दुवै फिल्मलाई ‘वर्ड अफ माउथ’ले मात्र बचाउन सक्छ ।

‘सानो संसार’ले मध्यमवर्गीय परिवारको कथालाई उठाएको छ । काठमाडौंमा भाडाको कोठामा बस्ने एक परिवारले सपना पूरा गर्न कस्ता हन्डर र ठक्कर खानुपर्छ भन्ने विषयलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ । बुधबार प्रिमियरमा फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयको प्रशंसा भएको थियो । ‘आँखा’ले भने सुकुम्बारी बस्तीमा बस्ने एक नव-दम्पतीको संघर्षको कथा भन्छ ।

सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको ‘सानो संसार’मा सीतादेवी तिमिल्सेना, राज पंगेनी शर्मा, अन्जसा रिजाल, अनु दाहाल, जीवन गौतम, सरिता भण्डारी, शिशिर सिवाकोटी लगायतको अभिनय छ । अर्जुन कुमार निर्माता र माधव वाग्ले कार्यकारी निर्माता रहेको फिल्ममा सरिष्मा खत्री र सिद्धार्थ पुडासैनीको लेखन छ भने प्रवीन खड्काको छायांकन एवं रोमी मोसेस तन्डुकारको सम्पादन छ ।

‘आँखा’लाई भने जौन योन्जनले निर्देशन गरेका हुन् । उनी स्वयंको लेखन रहेको फिल्ममा स्मिता लामिछाने, आरके मेहता, पशुपति राई, निशा अधिकारी, सरोज खनाल, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल, बाल कलाकार प्रसन राई लगायतले अभिनय गरेका छन् । यो फिल्मलाई अलोक शुक्लाले छायांकन गरेका हुन् ।