मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गीत र ट्रेलरपछि विदेशमा ‘बेहुली फ्रम मेघौली’को माग, अमेरिका राइट्स बिक्री

फिल्मीखबर, काठमाडौं, 2024/09/27

behuli from meghauli

 

दशैंको अवसर पारेर यही असोज १७ गते घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’ गीत यतिबेला चर्चामा छ । टिजर र ट्रेलरले पनि राम्रो ‘हाइप’ बनाएपछि विदेशमा फिल्मको माग चुलिएको छ । र, धमाधम विदेश राइट्स बिक्री भइरहेको छ । यसैबीच नेपाली फिल्मको ठूलो बजार मानिने संयुक्त राज्य अमेरिकामा पनि फिल्म बिक्री भएको छ ।

फिल्मको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनीले खरिद गरेका हुन् । घटस्थापनाबाटै डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्को लगायतका ६० बढी अमेरिकाको सहरहरुमा फिल्म रिलिज गरिने जनाइएको छ । अष्ट्रेलिया, युरोप तथा मध्यपूर्वका देशहरुका लागि पनि छलफल भइरहेको निर्माता निश्चल बस्नेतले जानकारी दिए ।

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्नेत, बसुन्धरा भुषाल, सिम्रन खड्का, विजय बराल, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, रक्षा थापा लगायतको अभिनय छ । छोरीका लागि योग्य वर खोज्न परिवारले गरेको संघर्षलाई फिल्मले हास्य शैलीमा देखाएको छ ।