मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलिदान’ : साउथका स्टनर सामको द्वन्द्व निर्देशनमा समीरले गर्दैछन् एक्सन

फिल्मीखबर, काठमाडौं, 2024/09/27

Balidan Action Shoot 1

 

करिब दुई सातादेखि नेपाली र भारतीय प्राविधिक टिम लिएर छायांकन भइरहेको सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को एक्सन दृश्य खिच्न सुरु गरिएको छ । बिहीबारदेखि पूर्वको इटहरीमा तयार पारिएको सेटमा अभिनेता समीर भट्टसहितका कलाकारहरूको एक्सन दृश्य खिच्ने काम भइरहेको निर्देशक सेनले जानकारी दिए । अब दशैं अघिसम्म एक्सन दृश्यहरू खिचिने उनको भनाई छ ।

फिल्मका लागि एक्सन दृश्यहरू दक्षिण भारतबाट आएका स्टनर सामको नेतृत्वमा ३० जनाको टिमले तयार पारिरहेको छ । सामले साउथका ‘तंगलान’, ‘हात्ती मेरे साथी’, ‘कथिर’ जस्ता फिल्महरुमा द्वन्द्व निर्देशन गरिसकेका छन् । अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्यहरू छायांकन भइरहेको निर्देशक सेनले बताए । एक्सन दृश्यमा मात्र डेढ करोड बढी खर्च हुने अनुमान गरिएको छ ।

 

Balidan Action Shoot 1


समीरसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतको पनि अभिनय रहेको फिल्मले नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरुविरुद्ध बलिदान दिनुपर्ने कथा उठाएको छ । फिल्मका लागि प्राविधिक सामग्रीहरू भारतबाट आयात गरिएको हो । फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माताका रूपमा छन् भने प्रेम पुरी सह-निर्माता हुन् ।