मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘द फेमिली म्यान ३’मा देखिँदै सुनिल थापा र प्रशान्त तामाङ

फिल्मीखबर, काठमाडौं, 2024/09/27

sunil thapa and prasant tamag

 

सन् २०१९ मा आएको प्राइम भिडियो सिरिज ‘द फेमिली म्यान’ चर्चित रह्यो । यसलाई ‘आइएमडिबी’मा मात्र ८.७ रेटिङ मिलेको छ । यसको दोस्रो श्रृंखला २०२१ मा आएको थियो । अब तेस्रो श्रृंखला सन् २०२५ मा रिलिज गरिँदैछ, जसको यतिबेला भारतको उत्तर पूर्वी राज्यस्थित नागाल्याण्ड सहरमा छायांकन भइरहेको छ । यसैबीच, यो सिरिजलाई लिएर महत्त्वपूर्ण जानकारी बाहिरिएको छ ।

‘फेमिली म्यान ३’ सिरिजमा दुई चर्चित नेपाली कलाकार सुनिल थापा र गायक समेत प्रशान्त तामाङलाई पनि देख्न पाइने भएको छ । शुक्रबार फेसबुकमा एक पोस्टमार्फत् अभिनेता थापाले आफू सिरिजको छायांकनका लागि नागाल्याण्डमा रहेको जनाएका छन् । उनले सिरिजका प्रमुख कलाकारद्वय मनोज बाजपेयी र दीलिप ताहिलसँग खिचेका तस्वीरहरू पनि फेसबुकमा सेअर गरेका छन् ।

उनले लेखेका छन्, ‘मनोज बाजपेयी र दीलिप ताहिलसँग मैले नागाल्याण्डमा ‘द फेमिली म्यान’को सुटिङको दौरानमा अविश्वसनीय समय विताएँ ।’ थापाले पहिलो पटक भारतीय वेब सिरिज गरेका हुन् । केही बलिउड फिल्ममा भने उनले अभिनय गरिसकेका छन् । अभिनेत्री प्रियंका चापडाको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कोम’मा उनले निभाएको कोचको भूमिका सम्झनलायक मानिन्छ ।

परिवारसहित भारतको दार्जिलिङमा बस्दै आएका प्रशान्त पनि ‘द फेमिली म्यान ३’को सुटिङमा जोडिसकेको जनाइएको छ । उनी अडिसनबाट छनोट भएर सिरिजमा आबद्ध भएको जानकारी प्राप्त छ । गत वर्ष उनले भारतीय वेब सिरिज ‘पाताल लोक’को दोस्रो सिजनमा पनि काम गरेका थिए । कुनै बेला नेपाली फिल्ममा सक्रिय प्रशान्तले अब बलिउडमा करिअर बनाउन खोजेको देखिन्छ ।