मिति : २०८१ आश्विन १२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘माग्ने बुढा’ले अनमोलसँग ‘जेरी अन टप’मा काम गर्ने

फिल्मीखबर, काठमाडौं, 2024/09/27

kedar prasad ghimire

 

दशैंभन्दा अगावै छायांकनको तयारी गरिएको फिल्म ‘जेरी अन टप’मा कलाकारको रोचक ‘लाइनअप’ तयार भएको छ । अभिनेता अनमोल केसी, अभिनेत्रीत्रय सुरक्षा पन्त, आँचल शर्मा र जसिता गुरुङ अनुबन्धित भइसकेको फिल्ममा अब चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को प्रवेश भएको छ । शुक्रबार उनीसँग फिल्मका निर्माता सरोज न्यौपानेले कागजी सम्झौता गरेका हुन् ।

केदारको प्रवेश भएसँगै फिल्ममा कलाकारको ‘लाइनअप’ पूरा भएको निर्माता न्यौपानेले जानकारी दिए । उनका अनुसार फिल्ममा केदार मुख्य भूमिकामा देखिनेछन् । असोज २४ गते फूलपातीमा फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शन भएपछि केदार ‘जेरी अन टप’को छायांकन जोडिनेछन् । उनी यसै वर्ष सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’मा पनि काम गर्ने तयारीमा छन् ।

केही वर्षअघिसम्म केदारलाई ‘छक्का पञ्जा’ समूहभन्दा बाहिरको फिल्ममा काम गर्न अनुमति थिएन । जसले गर्दा प्रस्तावको ओइरो हुँदा उनले काम गर्न पाएनन् । अब भने उनलाई बाहिरी फिल्म गर्न कुनै रोकतोक छैन । यसैले केदारले स्क्रिप्ट र चरित्र मन परेका फिल्महरु लगातार साइन गरिरहेका हुन् । उनले ‘कङ्गारु’ र ‘जेरी अन टप’का लागि महंगो पारिश्रमिक बुझेको जानकारी प्राप्त छ ।

सुयोग गुरुङको निर्देशन रहने ‘जेरी अन टप’को निर्माताहरूमा सरोज न्यौपानेसहित रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र रविन शेरचन छन् भने ‘एसोसिएट’ निर्माताको रुपमा ओम अग्रवाल र विवेक थापा रहेका छन् । यो फिल्मको कथा निर्देशक हेमराज विसीको हो । फिल्मलाई काठमाडौँ, लुक्ला र बलिउड फिल्म ‘थ्री इडियट्स’को क्लाइमेक्स खिचिएको ठाउँ लद्दाखमा छायांकन गर्ने तयारी छ ।