मिति : २०८१ आश्विन १२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपलाई ‘सुपरस्टार’को ट्याग दिँदै ‘एक्टर’को टिजर रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/09/27

Pradeep Khadka

 

कलाकारलाई ‘ट्याग’ भिराउन दक्षिण भारतीय फिल्म उद्योग (साउथ) सबैभन्दा अगाडि छ । यो ‘इन्डस्ट्री’मा हरेक कलाकारले कुनै न कुनै ‘ट्याग’ भिरेर बसेका छन् । कसैलाई ‘रिबेल स्टार’ त कसैलाई ‘मेगा पावर स्टार’ भनिन्छ । कलाकारहरुलाई ‘ट्याग’ भिराउने होडबाजी नेपाली फिल्ममा पनि कम देखिँदैन । ‘मेगास्टार’देखि ‘सुपरस्टार’ जस्ता ‘ट्याग’ मेकरहरुले फिल्ममार्फत् दिइरहेका छन् ।

यसैबीच, नयाँ छिमलका चल्तीका अभिनेता प्रदीप खड्कालाई पनि फिल्म ‘एक्टरः टेक वान’का निर्माताले ‘सुपरस्टार’को ट्याग दिँदै टिजर सार्वजनिक गरेका छन् । सम्भवतः पहिलो पटक उनलाई कुनै ‘ट्याग’ दिएर फिल्मको प्रचार सामाग्री सार्वजनिक गरिएको हो । टिजरमा प्रदीप विभिन्न रूपमा प्रस्तुत छन् । कतै उनी पाइलटको पोशाकमा देखिएका छन् त कतै घाइते अवस्थामा प्रस्तुत छन् ।

टिजरमा प्रदीप अभिनेत्री द्वय आना शर्मा र दिव्या रायमाझीसँग रोमान्टिक पनि देखिएका छन् । अभिनेता राजबल्लभ कोइराला भने एन्टागोनिस्ट (भिलेन)को भूमिकामा छन् । टिजरको दोस्रो अन्तिम दृश्यमा उनले घाइते प्रदीपलाई भनिरहेका छन्, ‘योर ब्याड लक । दिस इज माई स्टोरी । र, क्लाइमेक्स पनि मेरो हातमा छ ।’ टिजरका दृश्य तथा संवादले फिल्मप्रति दर्शकको ध्यान खिच्न सक्छ ।

राजन भुसालको डेब्यु निर्देशनमा बनेको फिल्ममा दिव्यदेव, उषा रजक, सुशील सिटौला लगायतको पनि अभिनय छ । थमनकुमार भण्डारीको निर्माण रहेको फिल्मको सह-निर्मातामा अनिश भुसाल र क्रियटिभ प्रोड्युसरमा मोती कार्की छन् । फिल्मको स्क्रिप्ट भने आकाश बराल र राजन भुसालले संयुक्त रुपमा लेखेका हुन् । आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट फिल्म प्रदर्शनमा आउँदैछ ।