मिति : २०८१ आश्विन १३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’को ‘दाहिने हातैमा’ गीतमा प्रेम प्रसंग र गन्धर्वको यथार्थ

फिल्मीखबर, काठमाडौं, 2024/09/28

Bijay Baral And Anjana Baraili

 

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘दाहिने हातैमा’ बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको छ । रोजीरोटीका लागि गाउँगाउँ डुलेर सारङ्गी रेट्दै गीतको भाकामा कथा सुनाउने गन्धर्वको यथार्थलाई गीतले देखाउँछ । गीतका शब्द मीठासपूर्ण छन् । गायन र संगीत कर्णप्रिय छ ।

खासमा गीत प्रेमिल भावको छ । मायालुको बखान गर्दै लुकीलुकी चौतारीमा भेटेको प्रसंग गीतले बोल्छ । अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीबीचको प्रेम गीतमा देखाइएको छ । र, विजयले गीतमार्फत् आफ्ना दुई साथी मुकुन भुसाल र बुद्धि तामाङलाई आफू जवान हुँदाको प्रेमकथा सुनाएका छन् । तर, गीतको अन्तिममा उनले त्यो सपना मात्र रहेको जनाउँछन् । फिल्ममा विजय र मुकुन गन्धर्वको भूमिकामा रहेको गीतले प्रष्ट पार्छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रकाश सपूत, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जाहन्वी पौडेल लगायतको पनि अभिनय छ । सेभेन सिस सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्मातामा छन् । यो फिल्मले गन्धर्व परिवारको कथा उठाएको छ ।

महेश दवाडीको पटकथा तथा संवाद लेखन रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । यसमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर छ । यसअघि फिल्मको गीत ‘काँधेकुरी’ सार्वजनिक भएको थियो, जसलाई युट्युबमा उत्साहजनक प्रतिक्रिया मिलेको छ ।