मिति : २०८१ आश्विन १३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.82/5.00)
Text size:-
+
-

वर्षाका कारण स्थगित गरियो ‘सानो संसार’को रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/09/28

सानो संसार'ले छाड्यो घटस्थापना, अब असोज ११ मा

 

निरन्तरको वर्षाले देशभरको जनजीवन अस्तव्यस्त भएपछि शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’को रिलिज स्थगित गरिएको छ । शनिबार निर्माताद्वय अर्जुन कुमार र माधव वाग्लेद्वारा जारी विज्ञप्तिमा मानिसको जनधनको सुरक्षालाई मध्यनजर गर्दै केही समयका लागि फिल्मको रिलिज रोकिएको जनाइएको छ । निर्माताको निर्णयसँगै हलहरूले फिल्मको शो हटाइसकेका छन् ।

‘हालको बाढी-पहिरो र प्राकृतिक विपत्तिको कारण जनमानसलाई आवतजावत गर्न कठीन भएको परिपेक्षमा सबैभन्दा पहिला आम मानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले हाललाई फिल्म ‘सानो संसार’लाई केही समयको लागि प्रदर्शन स्थगित गरेका छौं । आगामी दिनमा सहज वातावरण भएपछि पुनः प्रदर्शनमा लिएर आउने वाचा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

 

sano sansar


‘सानो संसार’ प्रदर्शनको दिन (शुक्रबार)देखि निरन्तर वर्षा हुँदा हलमा दर्शक ‘शून्य’ बराबार थिए । योसँगै प्रदर्शनमा आएको अर्को नेपाली फिल्म ‘आँखा’को व्यापार पनि वर्षाले प्रभावित भएको छ । तर, सेन्सर प्रक्रियाका कारण शनिबार बिहानबाट मात्र नेपालमा प्रदर्शन भएको अभिनेता जूनियर एनटीआर स्टारर दक्षिण भारतीय फिल्म ‘देवरा’मा भने दर्शकको उपस्थिति सुखद् देखिएको छ ।