मिति : २०८१ आश्विन १३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

चार देशमा बिक्री भयो जितु र नीतिको ‘ज्वाइँ साब’

फिल्मीखबर, काठमाडौं, 2024/09/29

ज्वाइँ साब' गीतः बत्तीको कसम खाँदै नीतिसँग रोमान्टिक जितु

 

कुनै बेला नेपाली निर्माता हलबाट हुने व्यापारमा मात्र निर्भर थिए । जसले गर्दा फिल्म असफल भए घरबास उठ्थ्यो । तर, पछिल्लो समय ‘विदेश राइट्स’ निर्मातालाई आम्दानीको राम्रो स्रोत बनेको छ । सिक्वेल वा सिरिज फिल्मको भए त झन् प्रदर्शनभन्दा अगावै लगानी सुरक्षित हुन्छ । यसैले अचेल हलमा फिल्म खासै नचल्दा पनि ‘विदेश राइट्स’का कारण निर्माताले ठूलो घाटा बेहोर्नु पर्दैन ।

यही असोज २४ गते (फूलपाती)देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’का निर्माताले पनि विदेश राइट्सबाट राम्रो रकम हात पारिरहेका छन् । फिल्मको चार देशका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ । अमेरिका, क्यानडा, यूके र जापानका लागि फिल्म बिक्री भएको प्रस्तुतकर्ता राजकुमार पण्डितले जानकारी दिए । अन्य देशमा पनि केही दिनमै बिक्री हुने उनले बताए ।

फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अमेरिकाको प्रदर्शन अधिकार लिएको हो । अक्टोबर ११ का दिन अमेरिकाको टेक्सास, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया लगायतका सहरमा सय बढी शोमा फिल्म प्रदर्शन हुने पोखरेलले बताए । फिल्मका निर्देशक वसन्त निरौला गीत र टिजरले राम्रो हाइप बनाएपछि विदेशमा ‘ज्वाइँ साब’को माग बढेको बताउँछन् ।

यसमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, हिमेश पन्त, कविता आले, राजेन्द्र नेपाली, शिवहरी वैरागी, निमा पाण्डे, इशान राउत लगायतको अभिनय रहेको छ । मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माताको रुपमा छन् । यसमा श्याम तामाङको छायांकन रहेको छ ।