मिति : २०८१ आश्विन १३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धूम ४’मा भित्रिएका हुन् रणवीर ?

फिल्मीखबर, काठमाडौं, 2024/09/29

Ranbir Kapoor To Play Villain In Dhoom 4 As Aditya Chopra Kicks Off Reboot  Without Original Cast

 

यशराज फिल्म्स आफ्नो सफल ‘फ्रेन्चाइज’ ‘धूम’को चौंथो पार्ट निर्माणको तयारीमा जुटेको छ । लामो समयदेखि ‘धूम ४’मा बलिउड सुपरस्टारद्वय सलमान खान वा शाहरुख खानमध्ये कोही एकजना भित्रिन सक्ने चर्चा भइरहँदा यतिबेला भारतीय मिडियामा एउटा खबर फैलिएको छ । फिल्ममा अभिनेता रणवीर कपूरको प्रवेश भएको हलिउड हंगामा जस्ता भारतीय वेबसाइटले जनाएका छन् ।

शनिबार रणवीरको ४२औं जन्मदिन परेको थियो । सोही दिन उनी ‘धूम ४’मा निश्चित भएको खबर भारतीय मिडियामा फैलिएको हो । यद्यपि, यशराज फिल्म्सबाट यसको पुष्टि भएको छैन । तर, रणवीरसँग निर्माता आदित्य चोपडा लामो समयदेखि छलफलमा थिए । आदित्यले ‘धूम’को ‘विरासत’लाई अगाडि बढाउन रणवीर नै सही छनोट हुने मानेको बलिउड हंगामाले समाचारमा जनाएको छ ।

फिल्मको स्क्रिप्ट आदित्यले विजय कृष्ण आचार्यको सहयोगमा तयार पारिरहेका छन् । यसपटक ‘धूम ४’मा अघिल्ला सिरिजका कुनै कलाकारलाई दोहोर्‍याउने पक्षमा आदित्य छैनन् । अघिल्ला तीन सिरिजमा नछुटेका अभिषेक बच्चन र उदय चोपडा पनि यसपटक नरहने जनाइएको छ । २ सय करोड बढीको लागतमा बन्न लागेको फिल्मको छायांकन २०२५ भित्रमा सुरु गर्ने तयारी गरिएको छ ।

सन् २००४ मा आएको जोन अब्राहम, अभिषेक बच्चन र उदय चोपडा स्टारर पहिलो ‘धूम’ले विश्वभर गरी ७२ करोडमाथि कमाएको थियो । यसले बलिउडमा ‘स्टाइलिस एक्सन’को नयाँ ‘ट्रेन्ड’ गरेको थियो । यसपछि सन् २००६ मा आएको ‘धूम २’मा ऋतिक रोशन थिए भने सन् २०१३ मा आएको ‘धूम ३’मा आमिर खान दोहोरो चरित्रमा देखिएका थिए । यी दुई सिरिज पनि सर्वाधिक सफल भए ।