मिति : २०८१ आश्विन १३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङ र सौगातसँग ‘रिमै’ खेल्न नेपाल आइपुगिन् रिश्मा

फिल्मीखबर, काठमाडौं, 2024/09/29

Khil-Rishma-Rimai

 

‘कबड्डी’को पहिलो र दोस्रो श्रृंखलामा ‘मैयाँ’को भूमिकामा अभिनय गरेकी अभिनेत्री रिश्मा गुरुङ करिब ५ वर्षपछि फिल्म ‘रिमै’बाट कमब्याक गर्दैछिन् । यसमा उनको जोडी ‘कबड्डी’ श्रृंखलाकै अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लसँग बाँधिनेछ । यो फिल्ममा काम गर्न उनी अमेरिकाबाट आइतबार काठमाडौं आइपुगेकी छन् । विवाहपछि रिश्मा श्रीमानसँग अमेरिकामा बस्दै आएकी छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिल्मका निर्देशक खिलबहादुर गुरुङ र निर्माता वीरबहादुर घलेले स्वागत गरेका थिए । रेश्माले लामो समयपछि फिल्ममा फर्किन आफू उत्साहित रहेको बताएकी छन् । ‘गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर ‘रिमै’ बन्न लागेकाले म काम गर्न तयार भएकी हुँ । दयाहाङ दाई र सौगात दाईसँग फेरि एकसाथ काम गर्न उत्साहित छु,’ उनले भनिन् ।

फिल्मको दशैं सकिएपछि असोज २८ गतेबाट गोरखाको सिरानचोक गाँउपालिकाबाट छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए । असोज १७ गते घटस्थापनामा फिल्मको मुहूर्त गरिँदैछ । कविता आले र माओत्से गुरुङको पनि अभिनय रहने फिल्ममा ‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको छ । ‘कबड्डी’ जोडी दोहोरिएकाले ‘रिमै’ सफल हुन सक्ने धेरैको प्रक्षेपण छ ।