मिति : २०८१ आश्विन १५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.80/5.00)
Text size:-
+
-

‘खुस्मा’को व्यापारले धीरज र उपासनालाई राहत

फिल्मीखबर, काठमाडौं, 2024/09/30

dhiraj magar and upasana shing thakuri

 

एउटा कलाकारको करिअरमा फिल्मको व्यापारले ठूलो अर्थ राख्छ । चल्तीका कलाकार भए त झन् फिल्मको सफलता अपरिहार्य नै मानिन्छ । किनकि, फिल्मको सफलताकै आधारमा उनीहरुको करिअर टिकेको हुन्छ । एउटा फिल्म मात्र पनि बक्स अफिसमा असफल भइदिए ठूलो समस्या उत्पन्न हुन्छ । श्रृंखलाबद्ध रुपमा फिल्म असफल हुँदा संकटमा पुगेका कयौं नेपाली कलाकार छन् ।

अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी पनि फिल्मको असफलताले ठूलो संकटमा थिए । अझ बढी धीरज । उनको पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ सफल भयो । यही फिल्मबाट उनी ‘स्टार’को रुपमा उदाए । तर, यसपछि उनले काम गरेका तीन फिल्म ‘बाबरी’, ‘ज्याकी : आईएम ट्वान्टीवान’ र ‘एक भगवान् गीता’ चलेनन् । जसले गर्दा उनको करिअर धरासायी बन्न पुग्यो ।

असफलताको श्रृंखलामा क्रमभंग गर्न उनलाई एउटा हिट फिल्म अनिवार्य चाहिएको थियो । धेरै हदसम्म उनलाई असोज ३ गतेबाट आएको फिल्म ‘खुस्मा’ले राहत दिएको छ । प्रदर्शनको पहिलो हप्ता फिल्म हेर्न हलमा दर्शकको चाप राम्रो देखियो । अझै पनि पूर्वी जिल्ला र पोखरा क्षेत्रमा व्यापार राम्रो छ । फिल्मको ‘रुकुम मैकोट’ गीत पनि ‘सुपरहिट’ भइदिँदा उनलाई ठूलो फाइदा पुगेको छ ।

उपासनाको पनि अघिल्ला दुईवटा फिल्म ‘डिसेम्बर फल्स’ र ‘हात्तीछाप’ डिजास्टर भएका थिए । जसले गर्दा उनलाई ‘खुस्मा’ सफल हुनैपर्ने दबाब थियो । र, उनलाई पनि ठूलो राहत मिलेको छ । त्यसो त ‘खुस्मा’बाट वाहवाही नै उपासनाको भइरहेको छ । उनको अभिनयलाई दर्शक/समीक्षकले रुचाएका छन् । धीरज र उपासना दुवैको करिअरका लागि ‘खुस्मा’ सञ्जीवनी बुटी बनेको देखिन्छ ।