मिति : २०८१ आश्विन १५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

जनवरीमा पहिलो सन्तानलाई जन्म दिँदै सन्ध्या

फिल्मीखबर, काठमाडौं, 2024/09/30

sandhya kc

 

२०७८ सालमा विवाह बन्धनमा बाँधिएकी अभिनेत्री तथा भिजे सन्ध्या केसी आमा बन्ने भएकी छन् । उनले केही दिनअघि इन्स्टाग्राम एकाउन्टमा ‘ब्ल्याक वान पिस’मा बेबी बम्पसहितको एक भिडियो सेअर गर्दै आफू आमा बन्न लागेको लागेको जानकारी गराएकी हुन् । अहिले उनको गर्भमा ६ महिनाको बच्चा हुर्किरहेको छ । उनले आगामी जनवरी (पुष)मा पहिलो सन्तानलाई जन्म दिनेछिन् ।

सन्ध्याले लेखेकी छन्, ‘हामीले केही कुरा केही समयदेखि गोप्य राख्दै आएका थियौं । तर, हामी यो भन्दै गर्दा एकदमै खुसी छौं कि हामी परिवार बढाउँदैछौं । र, बच्चाको पखाईमा छौं । हामी यो जनवरीमा तिमीसँग मिल्नका लागि प्रतिक्षा गर्न सक्दैनौं ।’ सन्ध्याको उक्त पोस्टमा दीपाश्री निरौला, नीति शाह, सुरक्षा पन्त, आशिरमान देशराज जोशी लगायतका थुप्रै कलाकारले बधाई दिएका छन् ।

भिजे हुँदै ‘ड्रिम्स’बाट अभिनय करिअर सुरु गरेकी सन्ध्याले युवा उद्यमी आभूषण ज्योति कंसाकारसँग अदालती विवाह गरेकी थिइन् । विवाहअघि उनीहरु करिब दुई वर्षदेखि प्रेममा थिए । सन्ध्याले विवाहपछि फिल्ममा काम गरेकी छैनन् । उनको पछिल्लो रिलिज फिल्म ‘कथा काठमाण्डू’ हो । उनले ‘कमलेको बिहे’ (रिलिज हुन बाँकी) र ‘पण्डित बाजेको लौरी’ फिल्ममा पनि काम गरेकी छन् ।