मिति : २०८१ आश्विन १५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’ : बुबाको बारेमा भिडियो बनाउँदा नगद पुरस्कार

फिल्मीखबर, काठमाडौं, 2024/09/30

purna bahadur ko sarangi

 

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण कम्पनी सेभेन सिज सिनेमाले भिडियो प्रतियोगिताको घोषणा गरेको छ । ‘मेरो बाको संघर्ष’ नाम दिइएको प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो बुबाको संघर्ष र महत्त्वबारे ३ मिनेटसम्मको भिडियो बनाउनुपर्नेछ । जसमध्ये उत्कृष्ट तीन जनाले नगद पुरस्कार जित्नेछन् ।

सहभागीहरुले आफूलाई सहज लाग्ने माध्यम जस्तैः छोटो कथा, कविता, धन्यवाद ज्ञापन, मनोवाद, चिठ्ठी आदिबाट प्रस्तुत गरेर पनि भिडियो तयार पार्न सक्नेछन् । प्रतियोगितामा प्राप्त हुने भिडियोमध्ये विजेताले ५० हजार पाउनेछन् भने द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार २० हजार छ । अन्य २० जनालाई भने फिल्मको २/२ वटा टिकट उपलब्ध गरिने निर्माता विनोद पौडेलले बताए ।

 

purna bahadur ko sarangi


सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्मले सन्तानका लागि बाबुले गरेको संघर्षको कथा उठाएको छ । फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने आदिको अभिनय छ । फिल्मको टिजर र दुई गीत (काँधेकुरी र दाहिने हातैमा)ले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।