मिति : २०८१ आश्विन १६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पेस्तोल सफा गर्दा गोविन्दाको घुँडामा लाग्यो गोली

एजेन्सी, काठमाडौं, 2024/10/01

Actor Govinda Net Worth Property Car Collection Comedy Movies Bollywood  Richest Actor 2024 | Entertainment News in Hindi | Newstrack Samachar |  Govinda Net Worth: न फिल्में न कोई एड, आखिर कैसे

 

बलिउड अभिनेता तथा शिवसेनाका नेता गोविन्दा घुँडामा गोली लागेर घाइते भएका छन् । मंगलबार आफ्नो लाइसेन्स प्राप्त पेस्तोल सफा गर्ने क्रममा ‘मिसफायर’ भएर उनको घुँडामा गोली लागेको भारतीय मिडियाहरुले जनाएका छन् । गोली लागे लगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको घुँडाबाट गोली निकालिसकिएको छ । र, यतिबेला गोविन्दालाई आइसियूमा राखिएको छ ।

उनी मंगलबार बिहान ४ः४५ बजेतिर एक कार्यक्रमका लागि कोलकाता जाने तयारीमा थिए । घरबाट निस्कनुभन्दा अगाडि गोविन्दा पेस्तोल सफा गर्दै थिए । त्यसबेला हातबाट पेस्तोल झरेर घुँडामा गोली लागेको भारतीय मिडियाहरुमा उल्लेख छ । अहिले प्रहरीले यो मामलामा जाँच गरिरहेको छ । गोविन्दाले सुरक्षाका लागि राज्यबाट लाइसेन्स लिएर आफ्नो साथमा पेस्तोल राख्दै आएका छन् ।

घटनाको समयमा गोविन्दा घरमा एक्लै थिए । उनकी श्रीमती सुनीता आहूजा पनि घरमा थिइनन् । घटनालगत्तै उनी मुम्बई फर्किएर अस्पताल पुगिसकेकी छन् । मुम्बई पुलिसले सफा गर्दा गोविन्दाको पेस्तोलबाट गल्तीले गोली चलेको जनाएको छ । गोली लागेपछि गोविन्दाको घुँडाबाट अत्याधिक रगत बगेको थियो । घटना नभएको भए उनी बिहान ६ बजेको ‘फ्लाइट’बाट कोलकाता जाँदै थिए ।

कुनै समय बलिउडमा एकछत्र राज गरेका गोविन्दा पछिल्लो समय फिल्मविहीन छन् । उनी फिल्ममा नदेखिएको ५ वर्ष भइसकेको छ । उनको पछिल्लो रिलिज फिल्म ‘रंगीला राजा’ थियो, जुन २०१९ मा आएको थियो । पछिल्लो समय उनी भारत र देशबाहिर हुने कार्यक्रमहरुमा बढी व्यस्त छन् । गोविन्दाले केही समयअघि शिवसेना पार्टीमा भित्रिएर पुनः राजनीतिक करिअर सुरू गरेका छन् ।