मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ज्वाइँ साब’मा जितुको बुढ्यौली गेटअप

फिल्मीखबर, काठमाडौं, 2024/10/02

jitu nepal (1)

 

दशैंको फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को ‘कसम बत्ती’को गीत अहिले चर्चामा छ । युट्युबमा १८ लाख बढीले हेरिसकेको यो गीत टिकटकमा पनि भाइरल बनेको छ । गीतले राम्रो ‘हाइप’ बनाउँदै गर्दा बुधबार निर्माण टिमले फिल्मका प्रमुख अभिनेता जितु नेपालको एउटा ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरेको छ, जसमा उनलाई बुढ्यौली ‘गेटअप’मा देख्न सकिन्छ ।

जितुलाई गोवर्धन पण्डितको रुपमा चित्रित गरिएको पोस्टरमा उनी तालुमा पातलिँदै गएको कपाल, आँखामा पावरवाला चश्मा, सेतै फुलेको लामो दाह्री र गलबन्दीले टाउको ढाकेको अवस्थामा देखिएका छन्, जसले बुढ्यौली जीवन दर्शाउँछ । यसअघि सार्वजनिक टिजर र ‘कसम बत्ती’को गीतमा युवावस्थामा देखिएका जितुलाई फिल्ममा बुढ्यौली भूमिकामा पनि देख्न सकिने पोस्टरले जनाउँछ ।

बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्ममा जितुसँगै नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, कविता आले, निमा पाण्डे, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, दीपक अधिकारी, विश्व मुखिया, रोशन नेपाल, नविन काफ्ले, शिवु पाण्डे लगायतको पनि अभिनय रहेको छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्ममा अर्जुन पोखरेलसहित महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सञ्जय थापाको द्वन्द्व निर्देशन तथा सन्देश शाहको सम्पादन छ । जितु र नीतिको जोडीका कारण फिल्मप्रति दर्शकमा चासो देखिएको छ ।

Most Visited News (monthly)