मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युट्युबमा आक्रामक ‘१२ गाउँ’को ट्रेलर, दुईतिरै ट्रेन्डिङमा

फिल्मीखबर, काठमाडौं, 2024/10/02

दशैंको फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१२ गाउँ’को प्रचारका लागि अहिलेसम्म कोही कलाकार मिडियामा आएका छैनन् । र, यसको आवश्यकता पनि देखिँदैन । मिडियामा आएर कलाकार वा निर्माता/निर्देशकले फिल्मको बारेमा बोल्नु भनेको धेरै दर्शकमाझ जानकारी पुग्नु हो । तर, ‘१२ गाउँ’को पोस्टरदेखि ट्रेलरसम्मले मिडियाबाट हुने प्रचारभन्दा ठूलो काम गरिरहेको छ ।

 

Biraj Bhatta


यतिबेला जुनसुकै फिल्मको गीत र ट्रेलर आए पनि युट्युबको कमेन्ट ‘१२ गाउँ’को नामले नै भरिएको हुन्छ । यसको पछाडि दुईवटा कारण छ । पहिलो, अभिनेता विराज भट्टको क्रेज । उनलाई हेरेर हुर्किएको पुस्ता ठूलो छ । यसैले उनको यो फिल्मप्रति दर्शकमा उत्साह देखिएको हुन सक्छ । दोस्रो, यही फिल्मबाट उनका छोरा समीरले डेब्यु गरेका छन् । उनलाई हेर्न पनि दर्शक अधैर्य छन् ।

‘१२ गाउँ’प्रति दर्शकमा कुन हदसम्म उत्साह छ भन्ने कुरा मंगलबार सार्वजनिक भएको ट्रेलरले पनि पुष्टि गर्छ । युट्युबमा रिलिजको केही घण्टामै ट्रेलर फिल्मतर्फ नेपाल ‘ट्रेन्डिङ’को पहिलो नम्बरमा उक्लिएको थियो । र, पछिल्लो समय हिन्दी ‘शर्टस्’ भिडियोहरुले कब्जा जमाइरहेको युट्युबको मुख्य सेक्सन (ट्रेन्डिङ भिडिओज्)मा पनि फिल्मको ट्रेलर ‘ट्रेन्डिङ’को सातौं नम्बरमा विराजमान छ ।

युट्युबको दुईवटै ‘ट्रेन्डिङ सेक्सन’मा परेको ट्रेलरलाई भ्यूज पनि आक्रामक छ । रिलिजको २४ घण्टामा ट्रेलरलाई साढे ६ लाख बढी भ्यूज मिलिसकेको छ भने कमेन्ट ११ हजार बढी प्राप्त छ । र, शतप्रतिशत कमेन्ट सकारात्मक छन् । तर, रोचक कुरा चाहिँ के छ भने कमेन्टमा विराजभन्दा पनि समीर भट्टको बढी प्रशंसा गरिएको छ । उनलाई धेरैले अबको ‘एक्सन स्टार’को संज्ञा दिएका छन् ।

फिल्मको टिजर/ट्रेलरप्रति देखिएको क्रेज हेर्दा ‘१२ गाउँ’ले बक्स अफिसमा आक्रामक व्यापार गर्न सक्ने देखिन्छ । तर, फूलपातीमा ‘छक्का पञ्जा’ जस्तो ब्रान्ड फिल्म भएकाले चुनौती ठूलो छ । विराज भट्ट स्वयंको निर्देशनमा तयार भएको फिल्ममा न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल आदिले पनि अभिनय गरेका छन् ।

 

Most Visited News (monthly)