मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इतिहासमै सर्वाधिक शोज पाउने फिल्म बन्यो ‘बेहुली फ्रम मेघौली’

फिल्मीखबर, काठमाडौं, 2024/10/02

बेहुली फ्रम मेघौली'को 'छड्के सलाम' गीतमा निश्चल र स्वस्तिमाको छमछमी

 

भोलि बिहीबार अर्थात् दशैंको घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले एउटा ‘रेकर्ड’ बनाएको छ । यो फिल्मले नेपाली फिल्मको इतिहासमै सबैभन्दा बढी शोज पाएको वितरक कम्पनी डिसिएनले जनाएको छ । फिल्मले देशभरका सिंगल र मल्टीप्लेक्स हलमा गरी कूल ३ सय ४० शोज प्राप्त गरेको डिसिएनका डिस्ट्रीब्यूसन चिफ दीपक दंगालले जानकारी दिए ।

एकल रिलिज, फिल्मको हाइप र घटस्थापनाको विदाका कारण फिल्मले सर्वाधिक शोज पाएको देखिन्छ । यसमा ५० प्रतिशत मात्रै पनि पहिलो दिन फिल्मले अकुपेन्सी हासिल गर्न सकेको खण्डमा ‘ओपनिङ’ आक्रामक हुनेछ । फिल्मको सोमबारबाट देशभरका मल्टीप्लेक्सहरुमा एड्भान्स बुकिङ खुला भइसकेको छ । काठमाडौंका केही हलमा फिल्मको टिकट बुकिङ सुखद् देखिएको छ ।

‘केही नभने है, मेरी बुहारीलाई’ गीतका कारण चर्चामा रहेको फिल्ममा ‘स्टारकास्ट’ पनि बलियो छ । यसैले इनिसियल व्यापार राम्रो हुन सक्ने प्रक्षेपण गरिएको छ । लामो रेसको घोडा बन्न भने ‘वर्ड अफ माउथ’ बलियो हुनुपर्नेछ । ट्रेलर हेर्दा फिल्मले छोरीका लागि योग्य केटा खोज्न परिवारको गरेको संघर्षलाई हास्य शैलीमा प्रस्तुत गरेको देखिन्छ । ट्रेलरलाई प्रतिक्रिया उत्साहजनक मिलेको छ ।

साजन काफ्ले र आकाश बरालको लेखन एवं निर्देशनमा बनेको फिल्ममा निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारीलगायतको अभिनय छ । स्वस्तिमा र निश्चल दम्पती स्वयंको निर्माण रहेको फिल्मको कार्यकारी निर्माताहरूमा फिरोज खड्का र शंकर पाण्डे रहेका छन् ।

Most Visited News (monthly)