मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘बेहुली फ्रम मेघौली’, प्रिमियरमा तारिफको वर्षा

फिल्मीखबर, काठमाडौं, 2024/10/03

दशैंको घटस्थापनाको अवसर पारेर बिहीबारबाट निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले हलमा आफ्नो प्रदर्शन सुरु गरेको छ । फिल्म एकल प्रदर्शनमा आएको हो । पछिल्लो समय नेपाली फिल्मलाई यो दुर्लभ अवसर मानिन्छ । यद्यपि, भोलि शुक्रबारबाट यो फिल्मले हलिउडको ‘जोकर : फोली ए ड्युक्स’सँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

 

Behuli from Meghauli (4)


नेपाल फिल्मको इतिहासमै सर्वाधिक शोज (३४०) पाएको फिल्मलाई बक्स अफिसमा आक्रामक ओपनिङको अवसर छ । त्यसका लागि फिल्मले ‘वर्ड अफ माउथ’ बलियो पाउन आवश्यक छ । सोमबारबाट देशभरका मल्टीप्लेक्सहरुले खुला गरेको ‘एड्भान्स बुकिङ’मा फिल्मप्रति राम्रो क्रेज देखिएको छ । काठमाडौंमा केही शोज बुधबार साँझ नै ‘सोल्डआउट’ भएका थिए ।

 

Behuli from Meghauli (5)


प्रचार शैली, बलियो ‘स्टारकास्ट’ र गीत (छड्के सलाम)का कारण फिल्मको ‘हाइप’ राम्रो बनेको छ । त्यसमाथि घटस्थापनाको विदामा रिलिज भएकाले फिल्मले बक्स अफिसमा उछाल व्यापार गर्न सक्ने सम्भावना प्रवल छ । फिल्मले विवाहको कथा भन्छ । ३० वर्ष टेक्न लागेकी छोरीका लागि योग्य वर खोज्न एक परिवारले गरेको संघर्षलाई फिल्मले हास्य शैलीमा देखाएको छ ।

 

Behuli from Meghauli (4)


प्रदर्शनको पूर्वसन्ध्यामा भक्तपुरस्थित क्यूफएएक्स हलमा फिल्मको प्रिमियर गरिएको थियो । नयाँ-पुराना पुस्ताका थुप्रै सेलिब्रेटीहरुको उपस्थिति रहेको प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का ट्याक्टर चलाएर पुगेकी थिइन् । फिल्ममा पनि उनले ट्याक्टर चलाएको दृश्य छ । स्वस्तिमा ट्याक्टर चलाएर भाटभटेनी पुग्दा उनलाई हेर्न ठूलो भीड उर्लिएको थियो ।

 

Behuli from Meghauli (4)


प्रिमियरमा ‘बेहुली फ्रम मेघौली’ले राम्रो प्रतिक्रिया पनि पाएको छ । अभिनेता हरिवंश आचार्यले फिल्म हेरुन्जेल रमाइलो रहेको बताए । उनले स्वस्तिमाको अभिनय र ‘क्लाइमेक्स’को विशेष प्रशंसा गरे । उनले भने, ‘छोरी भनेको बुबाआमाको बोझ होइन भनेर फिल्मले राम्रो सन्देश दिन खोजेको छ । छोरीको बिहे गरिहाल्नुपर्छ भन्ने पुरानो सोचलाई फिल्मले चिर्छ ।’

 

Behuli from Meghauli (3)

 

धेरैपछि नेपाली फिल्मको प्रिमियरमा सहभागी भएकी अभिनेत्री निरुता सिंहले पनि फिल्म एकदमै रमाइलो बनेको बताइन् । ‘फिल्म एकदमै ‘इन्टरटेनिङ’ छ । एक सेकेण्डका लागि पनि ‘माइन्ड डाइभर्ट’ हुन दिँदैन । हरेक सिन राम्रो छ,’ उनी भन्छिन्, ‘स्वस्तिमाको अभिनय त झनै राम्रो छ । यो एउटा ‘प्याकेज’को फिल्म हो ।’ फिल्मले राम्रो सन्देश पनि दिएको उनले बताएकी छन् ।

 

Behuli from Meghauli  9


श्रीमती सीतादेवी तिमल्सिनाको साथमा प्रिमियरमा सहभागी भएका हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले आफूलाई फिल्म मन परेको बताए । उनी यसलाई नेपालको बजार सुहाउँदो फिल्म मान्छन् । ‘नेपालको बजार सुहाउँदो रमाइलो फिल्म बनेको छ । कलाकारहरुको अभिनय क्षमता पनि देखिएको छ । हँसाउने कुराहरु पनि रहेछ । समग्रमा राम्रो लाग्यो,’ उनले भने ।

 

Behuli from Meghauli (4)


अभिनेता सलोन बस्नेत फिल्मले ‘बोरिङ’ हुने ठाउँ नदिएको बताउँछन् । उनी ‘बेहुली फ्रम मेघौली’लाई सबै हिसाबले उत्कृष्ट फिल्म मान्छन् । अभिनेता सलिनमान बनियाँ पनि सलोनको कुरामा सहमत देखिए । उनी यसलाई पूर्ण प्याकेजको फिल्म मान्छन् । उनी भन्छन्, ‘फिल्म हेर्दा ‘इमोसनल’ पनि भइरहेको थिएँ । ‘सिच्वेसन कमेडी’ले हाँसो पनि उठिरहेको थियो । फिल्म रमाइलो लाग्यो ।’

 

Behuli from Meghauli (3)


फिल्मको प्रिमियरमा निर्देशकहरु अशोक शर्मा, दीपेन्द्र के. खनाल, रेनशा वान्तवा राई, प्रदीप भट्टराई, शोभित बस्नेत, अभिनेताहरु आशुष्मान देशराज जोशी, आशीर्वाद क्षेत्री, विरेन श्रेष्ठ, अभिनेत्रीहरु प्रियंका कार्की, आना शर्मा लगायतको पनि उपस्थिति रहेको थियो । प्रिमियरमा सहभागी धेरै फिल्मकर्मीहरुले आफ्नो सामाजिक सञ्जालमा पनि फिल्मको प्रशंसा गर्दै स्टाटस लेखिरहेका छन् ।

Most Visited News (monthly)