मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रंगी’को स्क्रिप्ट पूजा, मुख्य भूमिकामा सलोन र नम्रता

फिल्मीखबर, काठमाडौं, 2024/10/03

Rangi

 

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’को घटस्थापनाको साइत पारेर ‘फाइनल’ स्क्रिप्ट पूजा गरिएको छ । बिहीबार काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा सलोनसहित बस्नेत परिवार (शोभित बस्नेत र करिश्मा केसी), यही फिल्मबाट डेब्यु गर्न लागेकी पूर्वमिस नेपाल नम्रता श्रेष्ठ, निर्देशक सुरेश न्यौपाने लगायतले स्क्रिप्ट पूजा गरे । फिल्मको छायांकन भने आगामी कात्तिक ५ गतेदेखि सुरु हुने निर्देशक न्यौपानेले जानकारी दिए ।

बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बन्न लागेको फिल्ममा नम्रताको जोडी सलोनसँग बाँधिने जनाइएको छ । दीलिप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको पनि अभिनय रहने ‘रंगी’बाट सुरेशले निर्देशनमा डेब्यु गर्दैछन् । उनीसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘म यस्तो गीत गाउँछु २’ जस्ता फिल्ममा सहायक निर्देशक भएर काम गरेको अनुभव छ ।

 

Rangi


सक्षम सुवेदीको निर्माणमा बन्न लागेको फिल्ममा सुमन गजमेरको स्क्रिप्ट लेखन छ भने सौरभ लामाको छायांकन, आमेश भण्डारी, दुर्गेश थापा र भीम बिसीको संगीत तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहनेछ । सलोन-सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने ‘रंगी’लाई यसै वर्ष रिलिजको तयारी गरिएको छ ।

Most Visited News (monthly)