मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ज्वाइँ साब’ ट्रेलर : नीतिसँग बिहे गर्न जितुको संघर्ष

फिल्मीखबर, काठमाडौं, 2024/10/03

Jitu Nepal, Niti Shah

 

दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ज्वाइँ साब बन्न पुरुष पात्रहरुले गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर फिल्म बनेको ट्रेलरले प्रष्ट्याउँछ ।

ज्वाइँ साब बन्न पाउने अवसरको विज्ञापन सुनेपछि सम्पत्तिको लोभमा अभिनेत्री नीति शाहसँग विवाह गर्न युवकहरूबीच प्रतिस्पर्धा हुन्छ । र, नीतिले योग्य श्रीमान् छान्नका लागि विभिन्न प्रतियोगिताहरु गराउँछिन् । ती सबैमा उत्तीर्ण भएका अभिनेता जितु नेपालसँग उनको विवाह हुन्छ । तर त्यसपछिको परिस्थितिले जितु वैदेशिक रोजगारीमा जान बाध्य भएको कथावस्तु ट्रेलरमा समेटिएको छ ।

फिल्ममा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि अभिनय छ । ‘ज्वाइँ साब’को ‘कसम बत्तीको’ गीत अहिले चर्चामा छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा बनेको फिल्ममा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको एक्सन छ । फिल्मले दशैं विदाको फाइदा उठाउन सक्ने प्रक्षेपण गरिएको छ ।

 

Most Visited News (monthly)