मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’को ‘मैझारो’ गीतमा विजयको प्रेमपीडा

फिल्मीखबर, काठमाडौं, 2024/10/03

BIJAY BARAL, ANJANA BARAILI

 

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसर पारेर बिहीबार सार्वजनिक ‘मैझारो’ बोलको गीतले प्रेमपीडा बोल्छ । गीतमा शब्द रचना, संगीत र स्वर प्रशान्त सिवाकोटीको छ । फिल्मको यसअघि सार्वजनिक दुई गीत ‘दाहिने हातैमा’ र ‘काँधेकुरी’लाई पनि उनले तयार पारेका हुन् ।

‘मैझारो’ गीतमा श्रीमती (अञ्जना बराइली)ले छाडेपछि गाउँगाउँ पुगेर सारङ्गी बजाउँदै पूर्णबहादुर (विजय बराल)ले आफ्नो प्रेमपीडा सुनाइरहेको देखिन्छ । विजय र अञ्जनाबीचको प्रेमलाई पनि दृश्यमार्फत् देखाउन खोजिएको छ । गीतको अन्तिममा पूर्णबहादुरले आफ्नो छोरालाई सारङ्गी बजाउन सिकाइरहेको दृश्यले पारिवारिक विरासत र गन्धर्व जातिको पेशालाई देखाउने प्रयास गरेको छ ।

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेल लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

 

Most Visited News (monthly)