मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फिरफिरे फिरिरी’को प्रेम भावयुक्त शीर्ष गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/10/04

Manoj Kumar Adhikari and Bhawana Upreti

 

छठ पर्वको विदा पारेर आगामी कात्तिक २२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फिरफिरे फिरिरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा रोशा फुयाँल, भरत अधिकारी, प्रशान्त सिवाकोटी र टीकाराम श्रेष्ठको गायन तथा विषम आचार्यको म्यूजिक एरेञ्ज छ । रोमान्टिक भावको गीतमा पात्रहरुबीचको प्रेमलाई देखाउन खोजिएको छ ।

नविन भट्टको निर्देशनमा बनेको यो फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट लेखेका हुन् । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्मलाई मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् ।

नितिश पुन सह-निर्माता रहेको फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन तथा अनन्त घिमिरेको सम्पादन छ । यो फिल्मबाट निर्माता अधिकारी लगभग १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए ।

 

Most Visited News (monthly)