मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कमेडी दरबार’ लिएर देश घुम्दै प्रदीप, आना र दिव्या

फिल्मीखबर, काठमाडौं, 2024/10/04

aktor-x-comedy-darbar

 

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वान’ले फरक शैलीमा प्रचार अभियान सुरु गर्ने भएको छ । अहिलेको चर्चित रियालिटी शो ‘कमेडी दरबार’सँग सहकार्य गरेर राष्ट्रिय स्तरको प्रचारात्मक टूर गर्न लागिएको हो । यो कार्यक्रम काठमाडौं उपत्यकाबाहिरका ६ वटा सहरहरु इटहरी, नारायणगढ, बुटवल, नेपालगञ्ज, दाङ र पोखरामा गरिनेछ ।

असोज ३० गतेदेखि ७ गतेसम्म आयोजना हुने ‘एक्टर’को कमेडी टूरमा स्थानीय प्रतिभाहरूलाई पनि स्थान दिइने फिल्मका निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । यो कार्यक्रमले आम दर्शकसँग जोड्न र फिल्मबारे जानकारी पुर्‍याउन ठूलो भूमिका खेल्ने उनको विश्वास छ । ‘लिभेन्ट्स स्टुडियोज’ले व्यवस्थापन हेरेको यो कार्यक्रम देशका ६ वटै सहरमा खुला र निःशुल्क हेर्न सकिनेछ ।

यो ‘कमेडी टूर’मा फिल्मका प्रमुख कलाकारहरू प्रदीप खड्का, अन्ना शर्मा, दिव्या रायमाझी लगायत सहभागी हुनेछन् भने ‘कमेडी दरबार’का कमेडियनहरू पवन खतिवडा (म्याकुरी), हिमेश पन्त, नम्रता सापकोटा, सुन्दर खनाल, पवित्र शाकी (मिस पबी), सिडी विजय अधिकारी, उत्सव सापकोटा, विकास अर्याल, सरोज भण्डारी र यो शोका निर्देशक बिक्की अग्रवालको सहभागिता रहनेछ ।

राजन भुसालको निर्देशनमा तयार भएको ‘एक्टर’मा राजबल्लभ कोइराला, दिव्यदेव, सुशील सिटौला लगायतको पनि अभिनय छ । स्क्रिप्ट भने निर्देशक भुसाल र आकाश बरालले लेखेका हुन् । गत साता सार्वजनिक टिजरले फिल्मको राम्रो हाइप निर्माण गरेको छ । यसले तिहार विदाको फाइदा उठाउन सक्ने प्रक्षेपण गरिएको छ । फिल्मका ‘मिडिया प्लानिङ एक्जुकेटिभ’ जीवन पराजुली हुन् ।

Most Visited News (monthly)