मिति : २०८१ आश्विन १९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२५ वटा फिल्म पुर्‍याउन चाहन्छन् तुलसी घिमिरे, भन्छन्, ‘त्यसपछि आत्मसन्तुष्टि होला’

फिल्मीखबर, काठमाडौं, 2024/10/05

 

नेपाली फिल्मको ‘स्वर्णिम युग’ हाँक्ने निर्देशक हुन्, तुलसी घिमिरे । उनको उदयपछि नेपाली फिल्मले व्यावसायिक छलाङ मारेको थियो । ‘बलिदान’, ‘दर्पण छाँया’, ‘चिनो’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’ जस्ता एकसेएक सुपरहिट र यादगार फिल्म दिएका उनले पछिल्लो पटक सन् २०१७ मा फिल्म ‘दर्पण छाँया २’को निर्देशन गरेका थिए । यो फिल्म प्रदर्शनमा आएको पनि ७ वर्ष बढी भइसकेको छ ।

यस वर्ष भने निर्देशक घिमिरे एउटा नयाँ फिल्म निर्माणको तयारीमा छन् । ‘पहाड’ शीर्षकमा बन्न लागेको फिल्ममा अभिनेता विपिन कार्की अनुबन्ध भइसकेका छन् भने महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि जोडिने सम्भावना प्रवल छ । निर्देशक घिमिरे भदौबाटै छायांकन सुरु गर्ने तयारीमा थिए । तर, विभिन्न कारणले अब आगामी कात्तिकपछि मात्र छायांकन हुने भएको छ ।

‘पहाड’ निर्देशक घिमिरेको २३औं फिल्म हुनेछ । उनी अझै दुईवटा फिल्म बनाउन चाहन्छन् । उनले हालै एक पोडकास्टमा भनेका छन्, ‘फिल्म क्षेत्रमा निर्देशकहरुले २५ वटा फिल्म निर्देशन गरेपछि वैतरणीका लागि गाई दान गर्नु पर्दैन भन्ने गरिन्छ । मेरो २३ वटा पुगिसकेछ । अब दुईवटा पुर्‍याउने अठोट चाहिँ छ । अझै दुईवटा गरेर २५ पुग्यो भने आत्मसन्तुष्टि होला कि भनेर लागिरहेको छु ।’

‘पहाड’लाई आगामी नयाँ वर्षमा रिलिज गर्ने उनको तयारी छ । पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा उनले फिल्म बनाउन लागेका हुन् । खासमा निर्देशक घिमिरे ‘दर्पण छायाँ २’ नचलेपछि फिल्म बनाउने सोचमा नै थिएनन् । तर, जानेको र सिकेको फिल्म ‘मेकिङ’ भएकाले उनी यसबाट टाढा बस्न सकेनन् । र, ७ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् ।

Most Visited News (monthly)