मिति : २०८१ आश्विन २०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के छ ‘छक्का पञ्जा ५’को ट्रेलरमा ?

फिल्मीखबर, काठमाडौं, 2024/10/05

Deepak Raj Giri, Deepa Shree Niroula, Kedar Prasad Ghimire (Magne Budha

 

‘छक्का पञ्जा’ फ्रेन्चाइजको पाँचौं श्रृंखला यही बिहीबार फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा छ । ‘बिहे भाको छैन’ र ‘ब्रेकअप’ गीतले फिल्मको राम्रो ‘हाइप’ निर्माण गर्दा ट्रेलर भने प्रदर्शनको ५ दिनअघि सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ट्रेलर हेर्दा फिल्मले सरकारी कार्यालयमा व्याप्त भ्रष्टाचारको कथा उठाएको देखिन्छ ।

‘छक्का पञ्जा’ श्रृंखलाका ‘राजा’ पात्र अर्थात् अभिनेता दीपकराज गिरी सरकारी कर्मचारीको भूमिकामा छन् । भ्रष्टाचार नगर्ने संकल्प लिएका उनीमाथि आइपर्ने संकट र उमेर ढल्किँदा पनि विवाह हुन नसकेको प्रशंगलाई हाँस्य शैलीमा देखाइएको छ । पछि उनको विवाह अभिनेत्री वर्षा सिवाकोटीसँग हुन्छ । कलाकार केदार घिमिरे (माग्ने बुढा) भने राजा पात्रको साथीको भूमिकामा प्रस्तुत छन् ।

दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतको पनि अभिनय छ । फिल्ममा अभिनेता आर्यन सिग्देल केमियो भूमिकामा छन् । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा तथा संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् ।

‘छक्का पञ्जा’को अघिल्ला चार श्रृंखला ब्लकबस्टर भएकाले पाँचौं श्रृंखला पनि सफल हुने आधार बलियो छ । तर, यसपटक चुनौती ठूलो देखिन्छ । फूलपाती (असोज २४)मै अरु दुईवटा नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ आउन लागेकाले ‘छक्का पञ्जा ५’लाई असर गर्न सक्ने आँकलन कतिपयको छ । तथापि, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’भन्दा ‘छक्का पञ्जा ५’ले ज्यादा शोज पाउने निश्चित छ ।