मिति : २०८१ आश्विन २०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शनिबार पनि हलमा देखियो ‘बेहुली फ्रम मेघौली’को क्रेज (तस्वीरसहित)

फिल्मीखबर, काठमाडौं, 2024/10/05

नेपाली फिल्मको इतिहासमै सर्वाधिक सोज पाएको फिल्म ‘बेहुली फ्रम मेघौली’को ओपनिङ उत्साहजनक रह्यो । प्रदर्शनको पहिलो दिन ८० लाख कमाएको फिल्मले शुक्रबार पनि काठमाडौंसहित ठूला सहरहरूमा सुखद् अकुपेन्सी हासिल गरेको थियो । शनिबार भने फिल्मले व्यापारमा उछाल कायम गरेको छ । बिहानैदेखि देशभरका प्रायः हलमा फिल्म हेर्ने दर्शकको चाप उल्लेख्य देखियो ।

 

Behuli from Meghauli 2


देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स अन्तर्गत काठमाडौंका लबिम, सिभिल, छाँया सेन्टरसहित अन्य ठूला मल्टीप्लेक्सहरु बिग मुभिज, आईएनआई, एफक्यूब, रञ्जना, वान सिनेमाज लगायतमा शनिबार बिहानदेखि साँझसम्मका धेरैजसो सोज ‘हाउसफुल’ रहे । नारायणगढ, बुटवल, इटहरी जस्ता सहरमा पनि शनिबार फिल्मले उच्च व्यापार गरेको वितरक कम्पनी डिसिएनले जनाएको छ ।

 

Behuli from Meghauli 2


प्रदर्शनकै दिनदेखि फिल्मकी अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्कासहितको टिमले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ । शनिबार पनि यो क्रम जारी रह्यो । स्वस्तिमा हलहलमा पुग्दा उनीसँग भेट्न र फोटो खिच्न दर्शकहरुबीच ठूलै हानाथाप चलेको देखिन्थ्यो । उनले हलभित्रै फिल्मको लोकप्रिय गीत ‘केही नभने है..’मा दर्शकसँग नाचेर रमाइलो पनि गरिन् ।

 

Behuli from Meghauli 2


शनिबार केही हलमा फिल्मका अभिनेता तथा निर्माता निश्चल बस्नेत पनि दर्शकसँग भेट गर्न पुगेका थिए । उनीसँग पनि फोटो खिच्न दर्शकहरुबीच तँछाडमछाड नै चल्यो । तर, फिल्ममा निभाएको भूमिकामा कारण केही महिला दर्शकले भने उनलाई झापड हान्ने प्रतिक्रिया समेत दिएका रहेछन् । यद्यपि, फिल्मलाई एकदमै राम्रो प्रतिक्रिया आइरहेकाले आफू खुसी रहेको उनले बताएका छन् ।

 

Behuli from Meghauli 4


‘फिल्ममा अभिनय गर्ने सबै कलाकारले एक किसिमको प्रशंसा पाउनु भएको छ । त्यो कुराले मलाई अझ ज्यादा खुसी मिलेको छ,’ उनी भन्छन्, ‘मैले फिल्मको तीन दिनको कलेक्सन चाहिँ वितरकबाट बुझ्न पाएको छैन । दर्शकको उपस्थिति हेर्दा व्यापारले सास फेर्न सकिएला कि भन्ने लागेको छ ।’ स्वस्तिमा पनि पहिलो दिनदेखि दर्शकले दिएको साथ र प्रतिक्रियाले प्रफुलित देखिएकी छिन् ।