मिति : २०८१ आश्विन २०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ज्वाइँ साब’को कथा मेरै वरिपरि घुम्छ : नीति शाह

फिल्मीखबर, काठमाडौं, 2024/10/06

यही बिहीबार (फूलपाती)बाट प्रदर्शनको तयारीमा रहेको ‘ज्वाइँ साब’ अभिनेत्री नीति शाहको अभिनयको हिसाबले दोस्रो फिल्म हो । गत बैशाख अन्तिममा आएको डेब्यु फिल्म ‘खजुरे ब्रो’बाट उनलाई व्यावसायिक सफलता र अभिनयको प्रशंसा दुवै मिल्न सकेन । त्यसैले उनका लागि ‘ज्वाइँ साब’ सफल हुनुपर्ने दबाब मात्र छैन, आफूलाई अभिनयमा प्रमाणित गर्नुपर्ने चुनौती पनि उतिक्कै छ ।

निर्देशक बसन्त निरौलाले स्क्रिप्ट सुनाएको २० मिनेटमा नीति फिल्ममा काम गर्न तयार भएकी रहेछिन् । भन्छिन्, ‘निर्देशकले स्क्रिप्ट सुनाउनुभएको २० मिनेटमा नै मैले काम गर्छु भनेको थिएँ । मलाई फिल्मको स्क्रिनप्ले (पटकथा) र क्यारेक्टर एकदमै राम्रो लागेको थियो । फिल्मको कथा मेरै वरिपरि घुमेकाले पनि काम गर्न तयार भएँ ।’ फिल्मको कथा दर्शकलाई रोचक लाग्ने उनको विश्वास छ ।

 

Niti Shah


फिल्ममा उनको जोडी हास्य विधामा रुचाइएका अभिनेता जितु नेपालसँग बाँधिएको छ । उनी जितुको काम गर्ने शैलीबाट प्रभावित भएकी रहेछिन् । ‘जितु दाई मभन्दा धेरै सिनियर हुनुहुन्छ । तर, सेटमा ‘म सिनियर हुँ’ भन्ने देखाउनुभएन । उहाँबाट धेरै कुरा सिकेँ । उहाँको काम गर्ने शैली र सहकर्मीलाई सिकाउने शैली ‘इन्स्पायरिङ’ लाग्यो । काम गर्न पनि एकदमै सहज भयो,’ नीति सुनिइन् ।

‘ज्वाइँ साब’का लागि उनले प्रष्ट नेपाली बोल्न निकै मेहनत गर्नुपरेको रहेछ । ‘क्यारेक्टरको कुरा गर्दा मेरो टोनमा अलिकति समस्या छ । फिल्ममा संवाद बोल्दा पनि सकेसम्म ठेट नेपाली बोल्ने प्रयास गरेकी छु । तर, अझ धेरै सिक्न बाँकी छ,’ उनी भन्छिन् । उनले केही दिनअघि टिकटकमा ‘लिक’ भएको फिल्मको दृश्यलाई लिएर प्राप्त प्रतिक्रियाबाट आफू उत्साहित रहेको पनि बताएकी छन् ।

विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने रोचक कथा फिल्मले उठाएको छ । यसमा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्य, शिवु पाण्डे आदिको अभिनय छ । राजकुमार पण्डितको प्रस्तुति रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्मातामा छन् भने मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ निर्माता हुन् ।