मिति : २०८१ आश्विन २२, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केटी हराएको सूचना’ पोस्टरमा सृष्टिप्रति नाजिरको प्रेमभाव

फिल्मीखबर, काठमाडौं, 2024/10/07

keti harayeko suchana

 

आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई चित्रित गरिएको पोस्टरमा उनीहरु एकअर्काको हात समातेर रेलको लिकमा हिँडिरहेको देखिन्छन् । सृष्टिप्रति नाजिरको प्रेमभाव पोस्टरले दर्शाउँछ । पृष्ठभूमिमा अर्का कलाकार दुरा सञ्जय गुप्ता मोटरसाइकलमा प्रस्तुत छन् । र, उनको पछाडि रेल देखिन्छ ।

दीपेन्द्र गौचनले फिल्मको निर्देशन गरेका हुन् । यसअघि उनले डकु-ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए, जुन करिब ३२ वर्षअघि टेलिभिजनमा प्रशारण भएको थियो । त्यसबेलाको यो चर्चित ड्रामा हो । निर्देशक गौचन स्वयंको लेखन रहेको फिल्मको कार्यकारी निर्माता नकिम उद्दिन हुन् । नकिम नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक समेत हुन् ।

ट्राइ सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्ममा नाजिर, सृष्टि र सञ्जयसहित रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह लगायतको अभिनय छ भने अमितेष शाह विशेष भूमिकामा छन् । फिल्ममा अमर महर्जनको डिओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करण थापाको संगीत छ ।