मिति : २०८१ आश्विन २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेहुली फ्रम मेघौली’को सामु निरीह ‘जोकर २’

फिल्मीखबर, काठमाडौं, 2024/10/09

behuli and joker 2

 

नेपाली फिल्मका लागि बलिउड र साउथजस्तो हलिउड फिल्मलाई त्यति ठूलो ‘थ्रेट’ मानिँदैन । तथापि, सिक्वेल र सिरिज फिल्मसँग डराउनु पर्ने अवस्था अझै पनि छ । किनकि, सोज बाँडफाँटमा नेपाली फिल्म नै बढी च्यापिन्छन् । सोज कम हुँदा व्यापार राम्रो हुन पाउँदैन । तर, हलिउड फिल्मसँग भिडन्तको डरले नेपाली फिल्मको रिलिज सार्ने परिपाटी भने पछिल्लो समय कमै देखिएको छ ।

गत बिहीबार घटस्थापनाबाट फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको थियो । त्यसको भोलिपल्ट (शुक्रबार) हलिउडको ठूलो सिक्वेल फिल्म ‘जोकर : फोली ए ड्युक्स’ प्रदर्शन हुँदै थियो । जसले गर्दा ‘मेघौली’को दोस्रो दिनमा नै भारी मात्रामा सोज कटौती हुने र मल्टीप्लेक्समा व्यापार खस्किन सक्ने विश्लेषण गरिएको थियो । तर, बक्स अफिसमा ठीक विपरित नतिजा देखिएको छ ।

धेरै हलमा ‘मेघौली’भन्दा ‘जोकर २’लाई कम सोज मिल्यो । एड्भान्स बुकिङ पनि दयनीय रह्यो । रिलिजपछि कति सोज दर्शक अभावले ‘क्यान्सिल’ समेत भए । कमजोर प्रतिक्रियाका कारण फिल्मले नेपालमा दम तोडिसकेको छ । अधिकांश हलले बिहीबारबाटै फिल्मलाई उतार्दैछन् । अर्थात् एक हप्ता पनि फिल्म नेपालमा टिक्न सकेन । ‘बेहुली फ्रम मेघौली’ भने सुखद् सोज र व्यापारसहित दोस्रो हप्तामा प्रवेश गर्दैछ । यसको ‘इनिसियल’ व्यापार उत्साहजनक रह्यो ।

यसअघि निर्देशक निश्चल बस्नेतले गत वर्षको तिहारमा बलिउडको ठूलो फ्रेन्चाइज फिल्म ‘टाइगर’को तेस्रो सिक्वेलसँग ‘दिमाग खराब’ भिडाउने आँट गरेका थिए । त्यसबेला व्यापारमा उनले नै बाजी मारे । यसपटक ‘जोकर २’ जस्तो ब्रान्ड फिल्मसँग भिड्दा पनि उनकै फिल्म व्यापारमा अगाडि देखिएको छ । दर्शकले मन पराइदिए भने ठूलो विदेशी फिल्म आउँदा पनि नेपाली फिल्म नै चल्छ भन्ने यो एउटा बलियो उदाहरण हो ।