मिति : २०८१ आश्विन २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अग्निदहन’ टिजर : बोक्सीको आरोपमा महिलामाथि हुने हिंसाको कथा

फिल्मीखबर, काठमाडौं, 2024/10/09

Prakash Ghimire, Pramila

 

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको घनश्याम लामिछाने निर्देशित फिल्म ‘अग्निदहन’को टिजर सार्वजनिक गरिएको छ । बुधबार युट्युबमार्फत् सार्वजनिक १ मिनेट १४ सेकेण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । बोक्सीको आरोपमा महिलामाथि गरिने अमानवीय क्रियाकलापको कथामा फिल्म बनेको टिजरले जनाउँछ ।

एक अधवैशे महिलालाई संदिग्ध पात्रको रुपमा प्रस्तुत गरिएको छ । जसको क्रियाकलापबाट एक बालिका त्रसित छिन् । र, धामी–झाँक्रीबाट बोक्सीको आरोप लगाउँदै महिलालाई चरम यातना दिएका दृश्य टिजरमा समेटिएको छ । बोक्सी कुप्रथाकै कथामा बनेको फिल्म ‘बोक्सीको घर’ व्यावसायिक रुपमा सफल भएको परिपेक्षमा ‘अग्निदहन’ रिलिज हुन लागेको हो ।
 
साहित्यकार लोकमणि पौडेलको उपन्यासमा आधारित रहेको फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङ लगायतको अभिनय छ । यसमा कोविदशरण उपाध्यायको परिकल्पना, लोकमणी पौडेल र परिच्छेद सेनको कथा, पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।

मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको यो फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले हेरिसकेका छन् । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको निर्माण रहेको ‘अग्निदहन’ले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र अवार्ड’ समेत पाएको छ ।