मिति : २०८१ आश्विन २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्टर’को ‘दिन बित्ला’ गीतमा दिव्यासँग रोमान्टिक प्रदीप

फिल्मीखबर, काठमाडौं, 2024/10/10

Pradeep Khadka, Divya Rayamajhi

 

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक गरिएको छ । फूलपातीको दिन पारेर सार्वजनिक रोमान्टिक भावको गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको पार्श्व गायन, राजेश कुमार श्रेष्ठको शब्द रचना तथा एलिश कार्कीको संगीत रहेको छ ।  

शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रदिप खड्का र नव-अभिनेत्री दिव्या रायमाझी प्रस्तुत छन् । गीतले उनीहरुको एकअर्काप्रति प्रेम, आशक्ति, आकर्षण र समर्पणको भाव बोल्छ । उनीहरुले जीवनको अन्तिम पल पनि सँगै विताउने इच्छा व्यक्त गरेका छन् । भिडियोमा प्रदिप र दिव्याको केमेस्ट्री सुहाएको देखिन्छ ।

राजन भुसालको निर्देशनमा तयार भएको फिल्ममा प्रदिप र दिव्यासहित आना शर्मा, राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौला लगायतको पनि अभिनय छ । दिव्याले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन् । उनी चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी हुन् । राजबल्लभले भने यही फिल्मबाट करिब १० वर्षपछि कमब्याक गरेका छन् ।

अदृत फिल्मस् र मोती फिल्मस्‌को प्रस्तुति रहेको फिल्मको निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । निर्देशक भुसाल र आकाश बरालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ । फिल्मको एक हप्ताअघि सार्वजनिक टिजरले राम्रो ‘हाइप’ बनाएको छ ।