मिति : २०८१ आश्विन २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’ टिजर : एउटै भाग्य र ग्रह भएका प्रेम जोडीको कथा

फिल्मीखबर, काठमाडौं, 2024/10/10

Harihar Adhikari, Neeta Dhungana

 

नेपाली र दक्षिण भारतीय फिल्म (साउथ)का कलाकारहरुको ‘पल्टन’ रहेको फिल्म ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे प्रष्ट पारेको छ । एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहलाई दर्शाउन खोजिएको छ ।

अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना प्रेम जोडीको रुपमा प्रस्तुत छन् । हरिहरको अर्की अभिनेत्री गरिमा शर्मासँग पनि प्रेम देख्न सकिन्छ । अभिनेत्री विपना थापाको ‘इन्ट्री’ले भने राजनीतिज्ञको छनक दिन्छ । अर्की अभिनेत्री रेखा थापा नामी ज्योतिषको भूमिकामा देखिएकी छन् । टिजरमा साउथका कलाकारहरु ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलाई पनि स्थान दिइएको छ । ज्योतिषशास्त्रसँग जोडेर फिल्मको कथा बुनिएको टिजरले प्रष्ट पार्छ ।

चन्द्र पन्तको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा सञ्चिता लुइँटेल, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का, आदर्श मिश्र लगायतको पनि अभिनय छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्मातामा धनन्जय गलानी रहेका छन् ।

हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता थुप्रै हिन्दी फिल्म खिचेका छन् । आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने जनाइएको छ ।