मिति : २०८१ आश्विन २६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘फेरि रेशम फिलिली’ घोषणा, विनय र कामेश्वर दोहोरिने

फिल्मीखबर, काठमाडौं, 2024/10/11

feri resham firiri

 

९ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । ‘फेरि रेशम फिलिली’ शीर्षकमा बन्न लागेको फिल्मको शुक्रबार एक पोस्टरमार्फत् कलाकारको ‘लाइनअप’ सार्वजनिक गरियो । अघिल्लो श्रृंखलाका मुख्य कलाकारद्वय विनय श्रेष्ठ र कामेश्वर चौरासियालाई लिएर बन्न लागेको फिल्ममा अभिनेत्री मेनुका प्रधान भने नदोहोरिने भएकी छन् ।

फिल्ममा विनय र कामेश्वरसहित सुपुष्पा भट्ट, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने पोस्टरमा उल्लेख छ । फिल्ममा निर्देशक पनि परिवर्तन भएका छन् । पहिलो श्रृंखलालाई प्रणव जोशीले निर्देशन गरेकोमा ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गर्नेछन् ।

‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलको निर्माण रहने फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन् । सिनेमा आर्ट्सले वि मोशन पिक्चर्सको सहकार्यमा गरेको फिल्ममा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वाइवा र दीपक शर्माको संगीत रहनेछ ।

२०७२ सालमा प्रदर्शन भएको ‘रेशम फिलिली’ त्यसबेला भूकम्पको मारमा परेको थियो । फिल्मले भव्य ओपनिङ गरेको भए पनि रिलिजकै भोलिपल्ट भूकम्प जाँदा व्यापार प्रभावित बन्यो । केही महिनापछि पुनः प्रदर्शन भए पनि फिल्मले अपेक्षित व्यापार गर्न सकेन । यद्यपि, समीक्षा राम्रो मिलेको थियो । र, फिल्मको ‘जालमा...’ गीत त्यसबेला सर्वाधिक लोकप्रिय बनेको थियो ।