मिति : २०८१ आश्विन २६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तस्वीरमा यस्तो देखियो कलाकारहरुको दशैं टीका

फिल्मीखबर, काठमाडौं, 2024/10/12

आज नेपालीहरुको महान् चाड विजया दशमी अर्थात् दशैंको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं जमरा लगाउँदै दशैं मनाइँदैछ । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

 

hari bansha acharya


दशैंलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । नेपाली फिल्मका कलाकारहरुले पनि मान्यजनबाट साइतको टीका ग्रहण गरेका छन् । र, दशैंको टीका लगाएका तस्वीरहरु सामाजिक सञ्जालमा सेअर गरिरहेका छन् ।

 

biraj bhatta


हास्य अभिनेता हरिवंश आचार्यले श्रीमती, छोरा, बुहारी र नातिनीलाई टीका लगाउँदै गरेको तस्वीरहरु फेसबुकमा राख्दै दशैं जनाएका छन् । अभिनेता विराज भट्टले श्रीमती र दुई छोरालाई टीका लगाएको तस्वीरहरु सेअर गर्दै दशैंको शुभकामना व्यक्त गरेका छन् । हास्य अभिनेता जितु नेपालले आमाको हातबाट टीका ग्रहण गरेका छन् ।

 

jitu nepall


अभिनेत्री आँचल शर्माले टीका ग्रहणपछि श्रीमान् उदीप श्रेष्ठसँग रोमान्टिक पोजमा खिचेका तस्वीरहरु सामाजिक सञ्जालमा राखेकी छन् भने अर्की अभिनेत्री ऋचा शर्माले टीका लगाइसकेपछि श्रीमानसँग खिचेको एक तस्वीर सेअर गर्दै दशैंको शुभकामना व्यक्त गरेकी छन् । अभिनेत्रीहरु केकी अधिकारी, नीता ढुंगाना, वर्षा सिवाकोटी, पूजा शर्मा, वर्षा राउत, लक्ष्मी बर्देवा, एलिजा गौतम लगायतले पनि दशैंको टीका लगाएका छन् ।

 

aanchal sharma


अभिनेताहरु सिताराम कट्टेल (धुर्मुस), पल शाह, गौरव पहारी, सलोन बस्नेत, राज कटुवाल लगायतले पनि टीका ग्रहणपछि परिवार र आफन्तसँग खिचेका तस्वीर तथा भिडियोहरुले सामाजिक सञ्जाल रंग्याएका छन् । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिन्छ ।

 

paul shah

reecha sharma

barsha raut

barsha siwakoti

keki adhikari

pooja sharma

salon basnet

sitaram kattel

gaurav pahari

laxmi bardewa

neeta dhungana

sandeep chhetri

raj katwal